arrow

दशगजामा गएर समस्या समाधान नहुने : सिटौला

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
sitoula.jpg.jpeg
 मणि प्रसाद गैहे्र ,कपिलवस्तु । नेपाली कांग्रेसका महामन्त्री एवं गृह मन्त्रि कृष्ण प्रसाद सिटौलाले मधेशी मोर्चाले नेपाल भारत सिमा १० गजामा गएर आन्दोलन गरेर समस्याको समाधान नहुने वताएका छन । जनतालाई शास्ती दिने र खरवौं राजस्व संकलन गर्न नदिएर इतिहासमै नराम्रो काम भएको उनले स्पष्ट पारे । कपिलवस्तुको जितपुरमा आयोजित नेपाली कांग्रेसका कार्यकर्ता संगको भेटघाटमा उनले यस्तो कुरा वताएका हुन ।  २००७ सालको आन्दोलन , २०४६ सालको आन्दोलन र ६२, ६३को आन्दोलनमा दशगजा धाउन कुनै दल र जनता नगई आन्दोलन सफल भएको उनले वताए । वार्ता र संवाद वाटै समस्याको निकास हुने जिकिर गर्दै नेता सिटौलाले मोर्चालाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गरे ।
 
संसारका कुनै पनि देशमा सत प्रतिशत प्रतिनिधिले वनाएको संविधान कहि नभएको उल्लेख गर्दै उनले ९० प्रतिशत जनताले वनाएको संविधान नमानेमा लोकतन्त्र र जनताको अपेक्षा के हुने ? उनले प्रश्न गरे । संविधान मुलुककै ऐतिहासिक भएको जिकिर गर्दै नेता सिटौलाले विदेशी संग नेपालको सार्वभौम माथी प्रश्न नर्गन वारम्वार आग्रह गरेको समेत उनले वताए । दश वर्षे शशस्त्र द्धन्दको नेपाललाई शान्ति प्रक्रियामा ल्याई जनता वाट नै संविधान निमार्ण गर्न मुख्य भुमिका खेलेको स्मरण गर्दै यस समय नेपाल विजय भएको उल्लेख गर्दै यसमा सवै खुशी हुनु पर्ने वताए ।
 
कम्युनिष्टहरुलाई लोकतान्त्रिक धारमा ल्याई लोकतन्त्रको विजय गराउन अगुवाईको रुपमा नेपाली कांग्रेसले ठुलो योगदान गरेको वताए । सोहि अवसरमा सांसद एवं कपिलवस्तुका सभापति सुरेन्द्रराज आचार्यले मधेशमा नया संविधानको भ्रम फैलाउने तत्वको चिरफार गर्न गाउ गाउमा कांग्रस जाने वताए । तराई मधेशमा सयौ वर्ष देखिको सामाजिक सद्भाव कहिल्यै नविग्रने समेत उनले दावी गरे ।
 
 कार्यक्रममा सांसद अत्तरकमालले सरकारले  मन्त्रालय फुटाउन र मन्त्री वाड्न लागेको आरोप लगाउदै देशमा सरकार भए नभएको महशुस गर्न नसकिएको वताए । कांग्रेस सरकारमा हुदा दर्ता गराएको संविधान संसोधन विद्येयकलाई पास गरि देशलाई छिटो निकास दिन सवै लाग्नु पर्ने उहाले वताउनु भयो ।  कार्यक्रममा पुर्व पार्टि सभापतिहरु राजेश आचार्य , सुधाकर पाण्डे , जिल्ला उपसभापति अव्दुल कलाम खां लगायतले वोलेको कार्यक्रमको संचालन क्षत्रिय सचिव केशव कुमार श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा पार्टिका सक्रिय कार्यकर्ताहरुको वाक्लो उपस्थिति रहेको वताईएको छ ।  
 
यसै विच राष्ट्यि मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं १ ले वुधवार गोरुसिंगेमा कार्यक्रम गर्ने जनाएको छ । उक्त कार्यक्रमलाई सम्वोधन गर्न कांग्रेस उपसभापति रामचन्द्र पौडेल आउने नेपाली कांग्रेसका क्षेत्रिय कोषाध्यक्ष रविराज काफ्लेले वताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ