arrow

माओवादी केन्द्रको चुनावी एजेण्डा : निर्वाचन सुनिश्चितता र कुलमानको काम

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
mao-news-ajenda-aa.jpeg

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन घोषणा पत्र तयार पारेको छ । केहीदिन भित्रै निर्वाचन जनतासामु ल्याउने तयारी गरेको माओवादी केन्द्रले घोषणापत्रमाथि जिल्ला तहमा छलफल गरिरहेको छ । सुझाव सहित जिल्ला तहबाट केन्द्रमा आएपछि पारित चाँडै हुने माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

माओवादी केन्द्रले आफु नेतृत्वको सरकारले २० वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन सुनिश्चित गरेको र सिंहदरबारको अधिकार जनताका घर दैलोमा लान सफल भएकोलाई मूल आधार बनाएर निर्वाचन घोषणा पत्र बनाएको छ ।

नेता सापकोटाका अनुसार विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई कार्यकारीको जिम्मा दिएर सरकारले लोडसेडिङ कम गरेको विषयलाई पनि उपलब्धिमा राख्दै सोही अनुसार जलविद्युतलाई मूख्य प्राथमिकतामा राखेको छ । उनले भने, ‘मूल एजेण्डा स्थानीय तहको निर्वाचन सुनिश्चित भएको छ । आर्थिक बृद्धिदर र लोडसेडिङ हटाइनु उपलब्धि हुन् । संघीयता र संविधान कार्यान्वयनको महत्वपूर्ण पहल हाम्रै नेतृत्वमा भएको छ भन्ने विषयलाई मूल रुपमा उठाएका छौँ ।’ यो गुणात्मक फड्को हो ।

आधारभूत आर्थिक विकासका एजेण्डासँगै जलविद्युत्, खनिजको र जडिबुटीको उपयोगलाई पनि प्राथमिकताका साथ उठाइएको छ ।
राष्ट्र र राष्ट्रियताबारे के सोचिएको छ ?
नेता सापकोटाले भने, ‘राष्ट्रियता केलाई भन्ने विषय जनताले बल्ल बुझे । हिमाल, पहाड, तराईलाई एकतावद्ध राख्नका लागि सबै सहमत भई एक ठाउँमा आउनु भनेको राष्ट्रियताको मजबुद आधार हो ।’ राष्ट्रियता तब हुन्छ, लोकतन्त्र र गणतन्त्रलाई मान्ने सबै शक्तिहरु एक हुन्छन् ।

असन्तुष्ट र रुष्ट भएकाहरु सबै निर्वाचनमा आउने जिकिर गर्दै उनले अगाडि भने, ‘अहिले सम्म जे जति गरियो त्यो नै हो राष्ट्रिय एकताका लागि गरिएको । चुनावमा सबै आउँछन् ।’ चुनाव विथोल्न जागरण अभियानमा लागेकाहरु पनि आउँछन् ? जवाफमा उनले भने, ‘बाहिर जे भनेपनि चुनाव कसैले छोड्दैनन् । कुरा त्यतातिर अघि बढिसक्यो ।’

महिला दलित लगायत अल्पसंख्यकको अधिकार सुनिश्चित गर्न पार्टीले खेलेको भूमिकालाई हामीले घोषणापत्रमा राखेका छौँ । वैशाख पहिलो साता भित्रै गाउँ, नगरका सबै उम्मेदवारको टुंगो लगाइसक्ने माओवादी केन्द्रको तयारी छ । निर्वाचन आयोगले बनाएको कार्यतालिकाअनुसार १६ वैशाखमा चुनाव लड्ने सबै उम्मेदवारले आफ्नो मनोनयन पत्र दर्ता गराइसक्नुपर्ने भएकाले माओवादीले वैशाख पहिलो साताभित्रै उम्मेदवारको टुंगो लगाउने गरी आन्तरिक तयारी गरिरहेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ