arrow

श्रीकृष्णको जन्मजयन्तीमा स्वेताले अनाथ र दृष्टिविहिनलाई दिईन लत्ताकपडा

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
Sweta-2.jpg.jpeg
काठमाडौं। गत वर्ष निधन भएका सदाबहार अभिनेता श्रीकृष्ण श्रेष्ठको ४५ औं जन्मजयन्तीको अवसर पारेर अभिनेत्री तथा श्रेष्ठकी श्रीमति स्वेता खड्काले बालबालिकाहरुलाई न्यानो कपडा प्रदान गरेकी छन् । राजधानीको चण्डोलमा रहेको घर आँगन नेपाल नामक संस्थामा आश्रित बालबालिका र दृष्टिविहिन महिला पुरुषलाई लुगा कपडा हस्तान्तरण गरेकी हुन् ।

स्वेताले त्यहाँ आश्रित १५ जनालाई पञ्जा, सुरुवाल र टोपीलगायतका जाडोमा लगाउने लुगा प्रदान गरेकी थिईन् । उनले आठ थान ब्ल्यांकेट पनि हस्तान्तरण गरेकी थिईन् । ‘उहाँ(श्रीकृष्ण)ले जहिल्यै पनि आफ्नो जन्मदिनमा अनाथ बच्चा तथा असहायहरुलाई सहयोग गर्नुहुन्थ्यो, उहाँकै कामबाट म प्रभावित बनेकी थिएँ,’उनले भनिन्,‘फिल्ममा बढी समय फोकस गरे पनि जन्मदिनमा चाहिँ सामाजिक काममा सक्रिय रहनुहुन्थ्यो, उहाँकै मार्गलाई पछ्याउँदै उहाँ नभए पनि उहाँको नाममा मैले बालबालिका तथा अनाथहरुलाई सहयोग गरेको हुँ ।’ स्वेताले हालै अमेरिकामा फिल्म कोहिनूरको रिलिज पछि प्राप्त केही रकम पनि संस्थामा सहयोग गरेको बताए । 

जाडोको बेला न्यानो कपडाले बालबालिका तथा ठूला मानिसहरुमा न्यानो प्रदान गर्नाले श्रीको आत्मालाई शान्ति मिल्ने जनाउँदै भूकम्प पीडित भएको बस्तीमा पुगेर आफुले सहयोग गर्न लागेको जनाईन् । ‘अब चाँडै नै भूकम्प प्रभावित क्षेत्रमा गएर जाडोका लागि लुगा वितरण गर्ने योजना बनाउँदैछु उहाँले देखाउनु भएको मार्गदर्शनलाई पछ्याउँदै सामाजिक काममा सक्रिय हुँदैछु,’उनले भनिन्,‘सेवा भाव गरेर दुःखी मनलाई खुशीमा परिणत गराउने अभियानमा लाग्ने सोच बनाएकी छु ।’

संस्थाका संस्थापक दीपक सिलवालले संस्थामा अनाथ, दृष्टिविहिन तथा भूकम्प पीडितहरु बस्ने गरेको बताए । यसअघि स्वेताले संस्थालाई सहयोग गर्ने प्रतिबद्धता अनुरुप सहयोग गरेकोमा सिलवालले खुशी व्यक्त गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ