arrow

उम्मेदवार छनौट गरी निर्वाचनको लागि तयार रहन नेता मंसुरको निर्देशन

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
mansur-at-kaliya.jpeg
कलैया । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद फरमुल्लाह मंसुरले स्थानीय निकायको निर्वाचनको लागि उम्मेदवारहरु छनौट पुरा गरी तयारी अवस्थामा रहन निर्देशित गरेका छन ।
 
नेपाली कांग्रेस नगर कमिटिले नेपाली कांग्रेस विपी स्मृति भवन कलैयामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता मंसुरले चुनावको लागि तयार रहन निर्देशन दिएका हुन । स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टीको रुपमा नै ल्याउने गरी चुनावी कार्यक्रमहरु अगाडि बढाउन निर्देशित गर्दै नेता मंसुरले संगढनलाई सुदृढ गर्दै पुर्ण रुपमा प्रचालित गर्न र उम्मेदवारहरुको छनौट प्रक्रिया पुरा गरी तयारी अवस्थामा रहन र्दिेशन दिएका हुन । 
 
उनले निर्वाचन प्रयोजनको लागि चुनावी प्रचार–प्रसार गर्ने कार्य कार्य अगाडि बढाउन कलैया उपमहानगरपालिकाका नगरका प्रत्येक वडा कमिटिका बुथ सभापति, नेता तथा कार्यकर्ताहरुलाई एक ढिक्का भएर चुनावी परिणाम आफनो पक्षमा पार्ने कार्यमा लाग्नु पर्ने सुझाव दिएका थिए । मुलुकमा सम्प्रदायिकता फैलाउने कार्यमा केही अतिवादी शक्तिहरु सक्रिय देखिएकोले त्यस तर्फ ध्यान दिई सामाजिक सदभावलाई कायम राख्ने कार्यमा नेपाली कांग्रेसले आफनो भुमिका निर्वाह गरिरहेको नेता मंसुरले बताए ।
 
 मुलुकमा जब–जब संकट आएको छ त्यस संकटको समस्या समाधानको लागि नेपाली कांग्रेस अगाडि बढी त्यसको सामाधान गरी मुलुकलाई शान्तिको दिशा तर्फ बढाएको कार्य गरेको आम जनताहरु मांझ यथार्थ कुराहरु जानकारी रहेको छ । मुलकको हितमा काम गर्ने नेपाली कांग्रेसलाई आम जनताहरुले समेत चिनिसकेकाले स्थानीय निकायको चुनावमा आम जनताहरुले नेपाली कांग्रेसलाई नै पहिलो पार्टी बनाउने आफु बिश्वसत रहेको भन्दै नेता मंसुरले भन्नुभयो “ सम्पुर्ण देशवासीको हक अधिकार सुनिश्चित नभएसम्म देशमा विकास नहुने भएकाले हिमाल, पहाड, तराई–मधेशको जनताहरुको हक अधिकार दिलाउन र संविधानमा आफनोत्व बनाउने कार्यमा नेपाली कांग्रेस लागेको छ ।”
 
 संविधान संशोधनको प्रस्ताव पारित गराई कांग्रेसले मुलुकलाई निकाश दिई आर्थिक उन्नती, प्रगति, शान्ति ल्याउने कार्यमा नेपाली कांग्रेस लागि परेको नेता मंसुरले बताए । नगर सभापति पुरुषोतम पाण्डेको सभापतित्वमा भएको नगर कमिटिको बैठकमा सांसद लालबाबु सिंह, नेपाली कांग्रेसका जिल्ला सभापति जयचन्द्र चौरसिया, जिल्ला सचिव मनोज भट्ट, पुर्व जिल्ला सचिव उद्धव भट्टराई, क्षेत्र नं. ३ का क्षेत्रिय सभापति फुलमहम्मद मंसुर, कलैया उपमहानगरपालिकाका वडाहरुको बुथ समापति, नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ