arrow

एकै पटक ३८ ट्याङ्कर इन्धन आयो

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
Indhan.jpg.jpeg
कैलाली । एक सातादेखि इन्धन आयात बन्द भएको धनगढीस्थित गौरीफन्टा नाकाबाट मंगलबार एकै दिन ३८ ट्याङ्कर तेल आएको छ । नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीलाई तेल दिने भारत आयल कर्पोरेशनको बनथरा डिपोले स्टक नभएको भन्दै ७ दिन तेल दिएको थिएन । कैलालीमा इन्धन सहज हुँदै गएका बेला एक साता लामो अवरोधले तेलको हाहाकार भएको छ । गौरीफन्टा नाकाबाट मंगलबार ३८ ट्याङ्कर तेल भित्रिएको निगमका क्षेत्रीय प्रमुख शरद पौडेलले बताए । तेल बुधबारबाट वितरण हुनेछ । 
 
२० हजार लिटर क्षमताका २४ ट्याङ्कर र १२ हजार लिटर क्षमताका ४ ट्याङ्कर गरी २४ ट्याङ्करमा ५ लाख २८ हजार लिटर डिजेल आएको पौडेलले जानकारी दिए । २० हजार क्षमताकै ४ ट्याङ्करमा ८० हजार लिटर पेट्रोल भित्रिएको छ । बनथरा डिपोले तेल स्टक नभएको भन्दै ७ दिनसम्म निर्यात बन्द गर्दा तेल भित्रिन नसकेको पौडेको भनाई छ । प्रमुख भन्सार नाकाहरु ठप्प हुँदा गौरिफन्टामा भने खासै अवरोध भएको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ