arrow

चुनावका बेलामा शरत्सिंह भण्डारीलाई समस्या, रामसपाका नेताद्वारा पार्टी परित्याग

logo
प्रकाशित २०७३ चैत २३ बुधबार
sharat_singh_bhandari.jpeg
लहान । शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी रामसपाका पूर्व केन्द्रीय सदस्यसहित सप्तरीका एक दर्जन जिल्लास्तरीय नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । 
 
पार्टीका पूर्व केन्द्रीय सदस्य तथा संस्थापक नेता भरतप्रसाद साहलगायतले संयुक्त प्रेस विज्ञप्तिमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् ।  
 
सप्तरीका जिल्ला उपाध्यक्ष वैजुप्रसाद दास र भागिरथप्रसाद साह, सहसचिव ललनप्रसाद यादव, जिल्ला सदस्य रासदेव राम, चित्तरंजन सदा, रामचन्द्र चौधरी, कुलानन्द चौधरी, मुसण्डिवती चौधरी, सञ्जीवकुमार साह, जिल्ला सल्लाहकार युगेश्वर साह र युवा सङ्गठनका पूर्व जिल्ला अध्यक्ष सनात अलिले पार्टी परित्याग गरेका छन् । 
 
पार्टीमा व्यक्तिवाद, स्वार्थवाद र अवसरवादी प्रवृत्ति हावी भएको र आसेपासे मान्छे मात्रै पहुँच र पदमा पुग्ने गैरराजनीतिक संस्कारको बोलवाला बढेकाले काम गर्न असहज महसुस गरी पार्टी परित्याग गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ । 
 
पार्टीभित्रको गलत संस्कारविरुद्ध पटकपटक विरोध र असन्तुष्टि जनाउँदा पनि कुनै सुनुवाइ नहुँदा आफ्नो राजनीतिक साख जोगाउन र अस्तित्व बचाइ राख्न सामूहिक राजीनामा गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ