arrow

भुकम्प पिडितलाई बचाउन छाडेर प्रधानमन्त्री ओली आफ्नौ सरकार बचाउन तिर मात्र लागेः उपसभापति पौडेल

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
ram-chandra-poudel.jpg.jpeg
शैलेस मिश्र, अर्घखाँची। नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली भुकम्प पिडितलाई बचाउन छाडेर मन्त्रालय फुटाउदै आफ्नै सरकार बचाउन तिर मात्र लागेको आरोप लगाउनु भएको छ। भुकम्प पिडितहरुले सरकारको राहत नपाएर चिसोका कारण पिडितहरुको ज्यान नै जान थालिसक्दा पनि प्रधानमन्त्री संविधानमा भएको व्यवस्थालाई उल्लघंन गर्दै मन्त्रालय र मन्त्रीपद थप्नमा मात्र केन्द्रित भएको आरोप पौडेलको रहेको थियो।
 
कस्तो बन्यो संविधान ? संद्भाव र एकताको अभियान विषयक अन्तकृया कार्यक्रमलाई अर्घखाँची जिल्लामा संबोधन गर्दै नेता पौडेलले भुकम्प पिडित दुर्गम क्षेत्रका जनताहरु सम्म सरकारको उपस्थिति देखाउन नसकक्नु सरकारको ठुलो कमजोरी भएको बताउनु भएको छ।
 
ओली सरकारको काम प्रति एमाले बाट नै तिब्र आलोचना भैरहेको र सरकारमा सहभागि भएमा अहिले प्रचण्ड समेत पछुताउन थालेकाले यो सरकारको आयु धेरै नरहने स्पष्ट भई सकेको उपसभापति पौडेलको भनाई थियो।
 
देश अव प्रजातान्त्रिक समाजबादमा गई सकेको र संविधानमा पनि समाजवाद शब्दलाई स्पष्ट राखिएको बताउनुहुदै संविधाको कायान्वयनमा सबै पक्ष लाग्नु पर्नेमा उहाँको जोड रहेको थियो। 
काग्रेसले तत्कालिन अवस्थामा संविधान घोषणा नगरेको भए सायद संविधान सभाबाट संविधान जारी गर्ने जनताको चाहनालाई हामीहरुले पुरा गर्ने सक्ने थिएनै नेता पौडेलले बताए। 
 
प्रधानमन्त्रीमा काग्रेसको उम्मेदवारी लोकतन्त्रको रक्षाका लागि रहेको र २÷४ वटा मन्त्रालयको लोभमा सरकारमा सहभागि भएको भए देशमा भ्mन समस्या फस्ने थियो । अहिले मधेसमा देखिएको समस्याको समाधान काग्रेसले संसदमा दर्ता गराएको दुई वटा संविधान संसोधन विधेयकले नै गर्ने उपसभापति पौडेलले बताउनु भयो  ।
 
देशभरीका कार्यकताहरुको सुझावलाई लिएर आगामी पार्टीको १३ आँै महाधिवेशनमा आफुले सभापतिमा उम्मेदवारी दिने उपसभापति पौडेलले काग्रेसलाई गाँउगाँउ सम्म पुर्‍याएर पार्टी भित्र रहेको भागबण्डाको राजनितिको अन्त्य गर्दै पार्टीलाई सुदृढ बनाउदै  लैजाने उहाँले बताउनु भयो  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ