arrow

कमल थापाको राप्रपा भन्दा राष्ट्रवादी पार्टी माथि हुन्छ –केसरबहादुर विष्ट

logo
प्रकाशित २०७३ चैत २३ बुधबार
keshar-bahadur-bista.jpeg
काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का वरिष्ठ नेता केसरबहादुर विष्टले कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टीभन्दा आफ्नो पार्टी निर्वाचनमा धेरै माथि हुने बताएका छन् । कमल थापा नेतृत्वको राप्रपाले सरकारमा गएपछि सबै एजेन्डा भुलेकाले तिनै एजेन्डा पूरा गर्न पनि एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) पार्टी खडा गर्नुपरेको विष्टले बताए । 
 
उनले हिजोको राप्रपा नेपालबाट राप्रपामा मिसिएका नेताहरु इमानदार बन्न नसकेको आरोपसमेत लगाए । उनले भने, ‘जसले आफ्नो पार्टीको एजेन्डा भुल्छ ऊ स्वार्थी हो, सरकारमा गएर स्वार्थमात्र लुट्छ ।’
 
नेता विष्टले स्थानीय निकायको निर्वाचनमा राप्रपाले भन्दा आफ्नो पार्टीले बढी सिट जित्ने दाबी गरेका छन् । उनले हाम्राकुरासंग लामो हाँसो हाँस्दै भने, ‘हुनत हाम्रो लक्ष्य पहिलो पार्टी बन्ने नै हो तर राप्रपालाई हामी यही चुनावमै जित्छौं ।’
 
राप्रपालाई जित्ने आधारबारे स्पष्ट पार्दै नेता विष्टले भने, ‘हामीले जित्ने भनेको हाम्रो इमानदारी हो, हामी जनताप्रति इमानदार बन्छौं, जनताका काम गर्छौं, हामी चरणवद्ध रुपले काम गर्छौं ।’
 
गत शनिबार बसेको पार्टीको पहिलो कार्यसमिति बैठकका निर्णयबारे जानकारी दिंदै विष्टले बैशाखको पहिलो हप्ताभित्र ७५ वटै जिल्लामा पार्टी एकाई गठन गर्न १४ टिम गठन गरिएको बताए । 
 
उनले हरेक जिल्लामा एकाई बनिबनाउ रहेकाले औपचारिकतामात्र कुरिएको बताए । 
 
राप्रपाबाट असन्तुष्ट बनेको समूह भेला पारी तयार भएको ‘एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)’ का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी हुन् । गत बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर नयाँ दलको घोषणा गरिएको हो ।
 
पार्टीले हिन्दू राष्ट्र, समोवशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र संसदबाट अनुमोदित संवैधानिक राजतन्त्रको एजेण्डालाई अगाडि सारेको छ । 
 
वरिष्ठ नेता विष्टले नेपालमा भ्रष्टाचार बढेकाले यसलाई निमूर्ल पारी सत्ताको दुरुपयोगलाई अन्त्य गर्न पार्टी लाग्ने बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ