arrow

उदयपुरका नगरपालिकामा कुन पार्टी कस्ताे अवस्थामा ? कसले कसलार्इ उठाउँदैछ उम्मेदवार ?

logo
प्रकाशित २०७३ चैत २३ बुधबार
Udayapur_map_local.jpeg
काठमाडौं । सरकारले बैशाख ३१ गतेलाई स्थानीयतहकवो चुनावको मिति घोषणा गरेसँगै उदयपुर जिल्लामा पनि चुनावी सरगर्मी चुलिएको छ । उदयपुरमा रहेको कूल ४ वटा नगरपालिका मध्ये  त्रियुगा नगरपालिकाको मेयरमा उम्मेदवारी दिनेहरुको नाम चर्चामा आउन थालेको छ ।  
 
उक्त नगरपालिकामा कसले बाजी मार्ला भन्ने विषयमा अहिले अनेक चर्चा परिचर्चा सुरु भएको छ । पार्टीहरु भित्र नगरपालिकाको मेयरमा कसलाई टिकट दिने भन्नेमा पनि यावत चर्चा परिचर्चा सुरु भएको छ । त्रियुगासँगै अहिले उदयपुरका ४ वटै नगरपालिकामा मुख्य पार्टीहरु मेयरको उम्मेदवार चयन गर्नको लागि आन्तरिक तयारीमा जुटेका छन्।
 
स्थानीय स्तरमा ख्याती कमाएका व्यक्तिलाई मेयरमा उठाउन सकेमात्रै आफ्नो जीत सुनिश्चित रहेको भन्दै जीत आफ्नो पोल्टामा पार्नकोलागि उनीहरु आन्तरिक तयारीमा जुटेका हुन्। उदयपुरको ठुलो नगरपालिकाको रुपमा रहेको त्रियुगामा काँग्रेसले वसन्त बस्नेत, सरोज बस्नेत र हिमाल कार्की मध्ये एकलाई मेयरको दाबेदार बनाउने तयारी गरिरहेको बुझिन आएको छ। त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले० ले भने परमेश्वर घिमिरे र प्रकाश बस्नेत मध्ये एकलाई मेयरको रुपमा उठाउने तयारी गरिरहेको छ । 
 
उता, नेकपा माओवादी केन्द्रमा भने मिनबहादुर ठकुरी र नारायण बुर्जाको नाम अग्रपङ्तीमा देखिन्छ । त्रियुगा नगरपालिकामा केही हदसम्म एमाले बलियो देखिए पनि तीनै पार्टी आफुहरुले जित्नेमा विश्वस्त रहेको बताउछन्।
 
उदयपुरको अर्को नगरपालिका कटारी नगरपालिकाको मेयरमा भने काँग्रेसबाट रामकुमार राई र रामकुमार खत्रीको नाम चर्चामा छ भने ज्ञानेन्द्र बहादुर श्रेष्ठ र भिम कुमारी रावतको नाम एमालेकको चर्चामा छ। चौदण्डीगढी नगरपालिकामा मेयरको लागि ३ वटै पार्टीबाट एक एक जनाको नाम चर्चामा छ । काँग्रेसबाट चौदण्डीगढीमा भोजराज खतिवडा, माओवादीबाट बाशु किराँतीको नाम चर्चामा हुँदा एमालेबाट भने शम्भु पौडेलको नाम अग्रपंक्तिमा देखिएको छ।
 
बेलका नगरपालिकाको मेयरमा एमालेबाट उदय अधिकारी र दुर्गा थापाको नाम चर्चामा छ । जय सुवेदी र सुशील सडार्इ काँग्रेसबाट आफुले टिकट पाउनु पर्ने भनिरहँदा माओवादीबाट भने रमन भट्टराई एकल प्रत्यासी रहेका छन् । उदयपुरमा ४ बटा नगरपालिका सहित ८ वटा स्थानीय तह रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ