arrow

उपेन्द्र यादव भन्दा ठूलो पार्टी बनाए गच्छदारले, को–को भए एकिकरण ?

तराई, पहाड, हिमालबाट एकैसाथ हाँक्ने

logo
प्रकाशित २०७३ चैत २३ बुधबार
janata-4728.jpeg

काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), शिवलाल थापाको राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र यसोदा लामाको दलित जनजाति पार्टीबीच एकता भएको छ । यो एकिकरणसँगै यससँगै विजय गच्छदार नेतृत्वको दल संसदको पाँचौंं ठूलो दल बनेको छ । अब गच्छदार नेतृत्वको पार्टीमा १७ सांसद रहने छन् ।

संसदमा फोरम लोकतान्त्रिकको १४, जनमुक्ति पार्टीको २ र दलित जनजाति पार्टीको १ सिट थियो । थरुहट तराई पार्टीसँग पनि छलफल भइरहेकाले सांसदको संख्या अझै पढ्न सक्ने बताइएको छ । गच्दार नेतृत्वको नयाँ पार्टी राप्रपा पछि पाँचौ नम्बरमा आएको छ भने, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाललाई पछारेको छ । समाजवादी फोरमका १५ सांसद् छन् ।

पार्टीको नाम
पार्टीको नाम दुईवटा प्रस्ताव गरिएकामा नेपाल लोकतान्त्रिक फोरम नै रहने पक्का जस्तै भएको छ । यसअघि फोरम लोकतान्त्रिकको उपाध्यक्ष रहेका रामजनम चौधरीका अनुसार पार्टीको नाम राष्ट्रिय लोकतान्त्रिक फोरम पनि प्रस्ताव गरिएको थियो ।
उनले भने, ‘शिवलाल जी र यसोदा जीहरुले नेपाल लोकतान्त्रिक फोरम नै हरनु पर्छ भनिरहेका छन् । नयाँ शक्तिबाट आएका साथीहरुको मत पनि त्यही छ । त्यसैमा सहमति हुन्छ होला ।’

अध्यक्ष गच्छदार नै, अन्यलाई क्रम अनुसार
पार्टी एकतापछि तत्काल पार्टी अध्यक्ष विजय गच्छदार नै हुने भएका छन् । पार्टीमा समाहित भएका अन्यलाई क्रम अनुसार पदाधिकारी र सदस्यमा राखिने बताइएको छ । शिवलाल थापासँग ३५ जना सदस्यहरु छन् । तत्काल केन्द्रीय कार्यसमिति १ सय ७० सदस्यीय हुने र संघीय चुनावपछि राष्ट्रिय महाधिवेशन हुने एवं पार्टी विधान परिवर्तन हुने चौधरीले बताएका छन् ।

तराई, पहाड, हिमालबाट एकैसाथ हाँक्ने
उपाध्यक्ष चौधरीले आफुहरुले अन्य पार्टीहरुसँग पनि छलफल गरिरहेकाले हिमाल, पहाड, तराईबाट एक साथ हाँक्ने बताएका छन् । हिमाल, पहाड, तराईबाट आदिवासी जनतातिको पार्टी निर्माण गरेर जाने भन्ने योजना रहेको चौधरीले सुनाए । यद्यपि, संसदको राज्य व्यवस्था समितिले निर्वाचनमा थ्रेसहोल्ड (मत सीमा) को व्यवस्था राख्न प्रस्ताव गरेपछि दलहरु एकीकरणमा लागेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ