arrow

वेष्टइन्डिजविरुद्धको टेष्ट श्रृंखलामा अष्ट्रिेलियाको कब्जा

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
Australia.jpg.jpeg
एजेन्सी । वेष्टइन्डिजविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा अष्ट्रिेलियाले फराकिलो जित हासिल गरेको छ । मेलवर्नमा भएको टेष्टमा अष्ट्रेलिया एक सय ७७ रनले विजयी भयो । जितसंगै अष्ट्रेलियाले ३ खेलको टेष्ट श्रृंखला एक खेल अगाबै आफ्नो पक्षमा पारेको छ । पहिलो र दोस्रो टेष्ट जित्दै अष्ट्रेलियाले श्रृंखलामा २–० को अग्रता लिएको हो । 
 
पहिलो इनिङमा पाँच सय ५१ रनको योगफल बनाएको अष्ट्रेलियाले पहिलो र दोस्रो इनिङमा मात्र ३–३ विकेट गुमायो । पहिलो इनिङमा २ सय ७१ रन बनाएको वेष्ट इन्डिजले दोस्रो इनिङमा २ सय ८२ रन बनाएपनि हार टरेन ।  अष्ट्रेलियाका लागि पहिलो इनिङमा उस्मान खवाजाले सर्वाधिक एक सय ४४ रन बनाए ।
 
कप्तान स्टेभेन स्मिथले अविजित एक सय ३४, जो बर्न एक सय २८ र एडम भोग्सले अविजित एक सय ६ रन बनाए । दोस्रो इनिङमा कप्तान स्मिथले सर्वाधिक ७० रन बनाउँदै टोलीलाई फराकिलो जित दिलाए । उस्मानको नाममा ५६ रन रहयो । वेष्टइन्डिजको व्याटिङ ध्वस्त पार्न नाथन लियोनले सर्वाधिक ७ विकेट लिए । उनले पहिलो इनिङमा ४ र दोस्रो इनिङमा ३ विकेट चट्काए । नाथन प्लेयर अफ द म्याच घोषित भए ।   
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ