arrow

चेपाङ भिलेजबाट प्रश्न 'एमालेसँग बदला किन नलिने?'

चेपाङबस्तीमा समेत तात्यो चुनावी माहोल

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ चैत २५ शुक्रबार
chepang_village1.jpg

हेटौंडा । मुख्य खाना पोलेको भ्याकुर, सुताई कटुसको स्याउलाले बारेको भुईँमा, गर्मी चढिसकेकोले होला त्यत्तिमा पनि बढी नै गर्मी थियो चेपाङ भिलेजमा । सामान्यतयाः केही वर्ष अघिसम्म उनीहरुको मूल खाना नै गिठ्ठा र भ्याकुर हुन्थ्यो । तर, त्यस दिन भने उनीहरुको विशेष खाना खानको लागि हामीहरुले विशेष आग्रह नै गर्नुपरेको थियो । कारण स्वभाविक थियो, आधुनिकीकरणको असर उनीहरुमा पनि परिसकेको रहेछ ।

बस्ती घना जंगलकोबीचमा छ । गाउँ नै भएपनि बनचरीहरुको आवाज एकोहोरो सुन्न सकिन्छ । तर, खेती गरेर जिविकोपार्जनगर्ने उनीहरुको बस्ती भने उज्यालो देखिन्थ्यो तर चारैतिर घना जंगलको क्षेत्रले घेरिएकोले होला हाम्रो मनको त्रास भने मर्न सकेको थिएन ।

मकवानपुरको सदरमुकाम हेटौंडाबाट पूर्वपश्चिम राजमार्गकै बाटो झण्डै १५ किलोमिटर हिँडेपछि पूर्व पश्चिम राजमार्गको सन्नानटार भन्ने ठाउँ पुगिन्छ । त्यहाँबाट काठको कच्ची पुल तरेर खोलाको बगरबगरै झण्डै ६ किलोमिटर माथितिर लागेपछि पुग्ने चिसापानी टोल हो चेपाङहरुको मूल बस्ती । अहिले आसपासका विभिन्न तीन गाउँलाई समेत समेटेर चेपाङ भिलेजको रुपमा समेत दर्ता भईसकेको सो बस्तीमा पुग्नको लागि खोलाको बगरबगरै अनकण्टार जंगलको बाटो ६ किलोमिटर जति यात्रा गर्नुपर्छ ।

यसरी यात्रा गरीसकेपछि चिसापानी भन्ने गाउँमा पुगिन्छ । जहाँ ४७ वटा घरहरु रहेका छन् । उनीहरुको जीवनयापन परम्परागत कृषि पेशाबाट नै चल्ने गरेको छ । विशेषगरी आफूलाई पुग्ने खेतीबाहेक अदुवा खेती गरेर उनीहरुले जिविको पार्जन गर्नेगरेको देखियो ।

उनीहरुको भाषा र संस्कृतिको विषयमा भने अहिले कुरै नगरौंं । ज्यादै दयनीय अवस्थामा पुगेको छ उनीहरुको भाषा र संस्कृति । पश्चिमीकरणको प्रभाव हो या त इशाई करणको मात्रै । उनीहरु त्यही संस्कृतिको पछि लाग्दा अहिले भाषा र संस्कृतिले लोपोन्मुख भईसकेको रहेछ । यस विषयमा पछिल्ला प्रस्तुतिहरुमा छलफल गरौंला । यद्यपि उनीहरुमा आएको सामाजिक र राजनीतिक चेतनाको स्तर भने चित्तबुझ्दो नै पाईयो ।

यो क्षेत्र एमाले सांसद् राजकुमार स्याङतान विजयी भएको मकवानपुर क्षेत्र नं ४ मा पर्ने क्षेत्र हो । आफ्नो जनप्रतिनिधिहरुको नाम हामीले त्यहाँका स्थानीयबाट नै सुन्नको लागि धेरै कोशिस गर्यौं । तर, केही सीमित व्यक्तिहरु बाहेक सांसद्सँग समेत उनीहरु अपरिचित रहेको भेटियो । 'कसले जित्यो त था'छैन । यसमा जहानले जेमा हाल भन्यो त्यसैमा भोट हालियो ।' चिसापानीकी छिल्ला चेपाङले भनिन् ।

गाउँको सबैभन्दा पुछारमा रहेको चेपाङ आधारभूत विद्यालयमा उनीहरुको मतदान केन्द्र रहेको छ । तर, स्थानीय भन्छन् अहिलेसम्म सांसद्को अनुहार कस्तो हुन्छ भन्नेसम्म पनि देखेको छैन । भोट माग्न जाने जनप्रतिनिधिहरुले पनि पाईला नटेक्ने त्यो ठाउँ साँच्चिकै जनप्रतिनिधिले नदेखेको क्षेत्र नै बनेको छ ।

त्यसो त निर्वाचनको माहोल मुलुकमा तातिरहेको छ भन्नेबारे पनि स्थानीयलाई जानकारी नभएको होईन । उनीहरुलाई पनि केहीहदसम्म निर्वाचनको माहोलले छोपीसकेको छ । तर, भोट हाल्न जाने भनेको मात्रै गाउँका टाठाबाठाहरुको मन राख्न हो भन्ने सोचाईकादेखि हाम्रो भोटको महत्व अरुको जत्ति छ भन्नेसम्मको सोचाई राख्नेको बसोबार त्यो समाजमा पाईयो । यो चेतनास्तरले गर्दा जंगलमा बस्ने चेपाङहरु पनि अब राज्य व्यवस्थाबारे बुझ्न सक्ने भईसकेछन् भन्ने लागेर आफ्नै मन फुलेर आयो ।

कूल १५ सयको हाराहारीमा जनसंख्या रहेको साविकको हाँडिगाउँ गाउँविकास समितिमा जम्मा ६ सयको हाराहारीमा मात्रै मतदाता रहेको स्थानीय जानकारहरुले अपुष्ट जानकारी दिएका छन् ।

तर, पनि चुनावी माहोल भने त्यो बस्तीमा पनि चुलिँदै गएको छ । जंगलको बीचमा कुनैपनि नेताहरु भोट माग्न त आउँदैनन् । स्थानीय टिकाराम चेपाङ भन्छन् यहीका केही बाठाटाठालाई बोलाएर सबै कुरा गर्दा रैछन् हामीलाई त के वास्ता गर्थे खै ? उनले यो  निर्वाचनमा भने पुरानासँग बदला लिने सोचमा आफू रहेको बताए । 'घरको नाममा एउटा छाप्रो थियो त्यो पनि भूकम्पले भत्काईदियो ।' चेपाङले गुनासो गरे 'आजसम्म भूकम्पपीडितले पाउने भनेको एक रुपैयाँ पनि पाईएको छैन भने किन त्यही मान्छे र पार्टीलाई भोट दिने रु उनीहरुसँग बदला किन नलिने रुु

छोरा मरेपछि धर्मपरिवर्तन्, त्यसपछि छोरीको निधन
सुन्दै अचम्म लाग्न सक्छ । त्यो बस्तीमा कूल जनसंख्याको ३० प्रतिशत जति मानिस क्रिश्चियन धर्म मान्ने गरेका छन् । ती व्यक्तिहरुलाई किन क्रिश्चियन धर्म मानेको भनेर बुझ्दा उनीहरुले फरक फरक बाहाना बनाएउने गरेको भेटियो ।

२०२७ सालमा जन्मिमएको बताउने रामबहादुर चेपाङले दुई वर्ष अघि एउटा छोराको निधन भएपछि हिन्दू धर्म छाडेर क्रिश्चियन धर्मतिर गए । त्यस भन्दा अघि पनि कहिले भैंसी मरेको, कहिले कुखुरा मरेपछि जति गरेपनि भएन भनेर धर्म गरिवर्तन गरेको त्यति गर्दा पनि भएन । अहिले त भाग्यलाई नै दोष दिएर बस्ने गरेको छु । उनले कर्म परिवर्तन गरेपछि छोरी मरेको गुनासो गरे ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ