arrow

अशान्त जनकपुरमा व्यापक झडप, सय बढी घाइते, राजेन्द्र महतोका लागि मृत्युञ्जय पाठ

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
janakpur-jhadap.jpg.jpeg
धनुषा । जनकपुर मंगलबार पनि अशान्त रहयो । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता तथा प्रहरीबीच दिनभर तनाव भएको छ । दुई पक्षबीच भएको झडपमा सय बढी घाइते भएका छन् । आन्दोलनकारीले पेट्रोलबम र ढुंगा प्रहार गर्दा कम्पिमा पनि ४५ प्रहरी घाइते भएका छन् ।
 
जनकपुरकै जानकी प्रहरी चौकीलाई लक्षित गरी प्रदर्शनकारीहरुले ढुंगामुढा गरेपछि, प्रहरीले लाठी चार्ज तथा पुथ्रै राउण्ड अश्रुग्या प्रहार गरेको छ । आन्दोलनकारीतर्फ ५५ बढी घाइते भएका छन् । विराटनगरमा धर्ना बसेका कार्यकर्ता र सद्भावना अध्यक्ष राजेन्द्र महतो घाइतेभएको घटनालाई लिएर जनकपुर अशान्त छ । मोर्चा कार्यकर्ताले आन्दोलन उग्र बनाएका छन् । जनकपुरको नगर क्षेत्रमा संचालित विद्यालय तथा क्याम्पसहरु मंगलबार तेस्रो दिन पनि बन्द रहे । पसल तथा व्यापारिक केन्द्रहरु ठप्प बने । आन्दोलनकारीले दिनभर प्रदर्शन जारी राखे । उनीहरुले २१ थान पेट्रोल बम प्रहार गर्दा प्रहरीले समेत २१ राउण्ड अश्रुग्यास वर्षाएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
 
यसैबीच, सप्तरीमा राजेन्द्र महतोको स्वास्थ्य लाभको कामना गर्दै मोर्चा कार्यकर्ताले मृत्युञ्जय पूजा गरेका छन् । मधेशी मोर्चाका कार्यकर्ताकै अगुवाइमा राजविराज स्थित   शिव मन्दिर प्राङ्गणमा मृत्युञ्जय पाठ गरी विशेष पूजा भएको हो । मोर्चाको एक घटक सद्भावना अध्यक्ष महतोको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठान धरानमा उपचार भइरहेको छ । यसअघि, उनको विराटनगरमा उपचार भइरहेको थियो । महतोको उपचारको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ