सुनील ग्रोवर यी तीन सर्तका साथ फर्कदैछन् कपिल शोमा 

प्रकाशित मिति : २०७३ चैत २६ शनिबार

एजेन्सी । कमेडियन सुनील ग्रोवर तीन सर्त राखेर द कपिल शर्मा शोमा फर्किने भएका छन् । सोनी च्यानल र शोसँग जोडिएका कलाकारका अनुसार सुनील ग्रोवरले द कपिल शर्मा शोमा फर्कने मन बनाएका हुन् । उनलाई शोमा ल्याउने प्रयास लामो समय देखि चलिरहेको थियो ।

च्यानलले ग्रोवरलाई अनुबन्ध गर्दै शो छाड्न नपाइने बताएको छ । सुनील आफ्नो अपमान भुलेर च्यानलसँग मोटो रकमको डिल गरेका छन् । डिलसँगै उनले कपिललाई माफी दिएको  र  शोमा फर्कन तयार भएका हुन् । भारतिय सञ्चारमाध्यमका अनुसार उनले तीन शर्त राखेका छन् जुन च्यानलले स्विकार गरेको छ । उनले आफु माथि गरिने अपमान सहन नहुने पनि बताएका छन् ।  शोमा ग्रोवर फर्कने बिषय चलेता पनि ग्रोवर आफैले यसको पुष्टि भने गरिसकेका छैनन् ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ