arrow

संजयले यसरी उल्टो हिडेर बिश्व रेकर्ड गरे ज्वालामुखी पर्बत किलिमंजरोमा

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
काठमाडौं। नेपाली कृतिमानी बिश्व पर्वतारोही एबम लामो दुरीका धाबक संजय पण्डितले अफ्रिकाको सर्बोच्च शिखर किलिमंजरोमा गरेको उल्टो यात्राको भिडियो सार्वजनिक भएको छ। पण्डितले चर्चित मरान्गुगेटबाट यात्रा थालेर सर्बोच्च शिखरसम्म उल्टो हिडेर २५ घण्टा ४० मिनेटमा पार गरेको भिडियो सार्वजनिक भएको हो।  
 
बिश्वकै एक मात्र स्वतन्त्र ज्वालामुखी पर्बत किलिमंजरोमा यो भन्दा आगाडी कुनै पर्वतारोहीले यस्तो प्रकारको कृतिमान राखेको थिएन। सात महादेशका सातै पर्बत आरोहणको तयारीमा रहेका सगरमाथा आरोही पण्डितले गत वर्ष किलिमन्जारो सफल आरोहण गर्दै तीब्र गतिका आरोहीको रुपमा किर्तिमान बनाएका थिए। उनले आरोहण अबधि भर नेपाली पोशाक ढाका टोपी दौरा सुरुवाल लगाएर सिखरमा राष्ट्रिय गित गाउदै शिखरमा राष्ट्रिय झन्डा फर्फराएका थिए।
 
प्राण घातक हिमाल मनास्लु, एशिया, अफ्रीका, जापान, अस्ट्रेलिया लगाएतका सर्बोच्च शिखरहरु को आरोहण सम्पन्न गरिसकेका पण्डितको अबको गन्तब्य अन्ट्राटिकाको विन्सोंन मशिफ रहेको छ। उनलाई तान्जानिया राष्ट्रिय निकुन्जकि पार्क वार्डेन इभा इ मालीयाले उक्त कृतिमानी प्रमाण पत्र हस्तारन्त्रण गरेकी थिइन। पण्डितले गत वर्ष  अस्ट्रेलियाको सर्बोच्च शिखर कोजियस्को पनि उल्टो हिडेर आधार सिबिर थ्रेडबो सिबिरदेखि शिखर सम्म सफल आरोहण गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ