arrow

दुई पक्षीय श्रम सम्झौता आवश्यक : विज्ञ

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार

काठमाडौ। अहिलेको समयमा काम गर्न जाने विदेशी कामदारको हितका लागि दुई पक्षीय श्रम सम्झौता आवश्यक रहेको विज्ञले बताएका छन् । युवा विकासका लागि संवैधानिक केन्द्र नेपालले आयोजना गरेको ‘दुईपक्षीय श्रम सम्झौता आवश्यक विषयक अन्तक्र्रियामा पूर्व सभामुख दमननाथ ढुङ्गानाले नेपालबाट विदेशमा काम गर्न गएका नेपाली कामदारको हकहित र सुरक्षाका लागि दुईपक्षीय श्रम सम्झौता अत्यन्त आवश्यक रहेको स्पष्ट पारे ।उनले मानवअधिकारसँग लागि श्रम सम्झौता जोडिएको र देशको अर्थिक विकासमा यसले ठूलो महत्व राख्ने स्पष्ट पारेका थिए ।

श्रम मन्त्रालयका सचिव रामकुमार आचार्यले अहिलेको अवस्थामा श्रम सम्झौता अन्त्यन्त आवश्यक रहेकाले यसको गृहकार्यका लागि मन्त्रालय दृढ भएर लागेको बताए । श्रम सम्झौताको अभावमा सबैले हार्ने खेल भइरहेको छ यसलाई श्रम सम्झौता गरेर सबैले जित्ने खेलको रुपमा लैजानुपर्ने बताए । केन्द्रका अध्यक्ष रुद्र शर्मा, पूर्वमन्त्री कर्ण थापा, समाजशास्त्री गणेश गुरुङ, अमेरिकी प्राध्यापक उपेन्द्रदेव आचार्यलगायतले श्रम सम्झौतामा सरकारले गरेका कामलाई सघाउन नागरिक समाज पनि दृढ भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ