arrow

स्थानीय निकाय चुनावको गरिमाः एमालेबाट चुनाव लड्न प्रधानाध्यापकबाट राजीनामा

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
election_local4.jpeg

बागलुङ । बागलुङ नगरपालिका–१ की ममतादेवी शर्माले स्थानीय तहको चुनावमा उम्मेदवार बन्न विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिएकी छिन् । 

राजनीतिमा लाग्न शर्माले स्थानीय रुद्रेपिपल माविमा १७ वर्षदेखि सम्हालेको प्रअको जिम्मेवारी त्यागेकी हुन् । 

आइतबार बागलुङका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रसामु राजीनामा बुझाएको शर्माले बताइन् ।

बागलुङ नगरपालिकामा नेकपा एमालेका तर्फबाट प्रमुख पदमा ४४ वर्षीया शर्माको नाम आकाङ्क्षीको सूचीमा छ । 

“२३ वर्षसम्म निष्ठापूर्वक शिक्षण पेसा गरेँ, अब पार्टीको बफादार सिपाही बन्छु”, शर्माले भनिन् । 

असल प्रअको राजीनामाले दुःखी तुल्याएको विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य माया थापाले प्रतिक्रिया दिइन् । 
 
पाँच सय विद्यार्थीले पढ्ने उक्त विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ । सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन शर्माले निजी विद्यालयमा पढ्ने आफ्ना छोराछोरीलाई समेत सोही विद्यालयमा ल्याएर भर्ना गरेकी थिइन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ