arrow

नोबेल अस्पतालमा सातवटा स्वास्थ्य सेवा निःशुल्क

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
nobel_hospital.png

विराटनगर । विराटनगर स्थित नोवेल अस्पतालले गरिव तथा असहाय विरामीहरुका लागी सरकारले तोकेका सातवटा स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न शुरु गरेको छ ।

 

अस्पतालले विराटनगरमा पत्रकार सम्मेलन गरी सरकारले तोकेका सातवटा स्वास्थ्य सेवाको आरम्भ गरिएको जनाएको छ । विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका अनुसार सरकारले तोकेको ती  सातवटा रोगका विरामीहरुलाई नोवेल अस्पतालमार्फत एकलाखसम्मको उपचार सुविधा निशुल्क रुपमा  उपलव्ध हुने छ ।

 

विपन्न नागरिकहरुलाई मुटु रोग, हेडइन्जुरी, स्पाइनल इन्जुरी, अल्जाइमर, पार्किन्सन र मृगौला रोगको हेमोडाइलाइसी गर्नका लागि निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न थालिएको अस्पतालका निर्देशक राजेश नेपालले बताए ।

 

उपचारको अभावमा कुनैपनी व्येक्तिको मृत्यु नहोस भन्नका लागी स्वास्थ्य मन्त्रालयको एकलाख रुपैयाँ सम्मको निःशुल्क औषधि उपचारको व्यवस्था मिलाएको हो । नेपाल सरकारले सातवटा रोगको उपचारका लागी दिइने एकलाख रुपैयासम्मको निशुल्क सेवाले विरामीलाई निकै राहत पुग्ने डाक्टर नेपालको भनाई छ ।

 

नेपाल सरकारले नोवेलमा यो सेवा संचालनमा ल्याएपछी  अव विपन्न नागरिकहरुले  उपचारका लागी   राजधानी धाउन नपर्ने भएको छ । स्वास्थ्य मन्त्रालय निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने नोवेललाई सुचिकृत अस्पतालको रुपमा अनुमति दिएपछि नोवेल अस्पतालले सो सेवा शुरु गरेको हो ।

 

यो सुविधा लिनका लागी विरामीले स्थाइ वसोवास भएको गाउ पालिका तथा नगरपालिकावाट सिफारिस लिई जिल्ला जनस्वास्थ्य कार्यालयमा आवेदन दिई सिफारिस समिति मार्फत उपचारका लागी सिफारिस गाराउनुपर्ने प्रावधान रहेको छ ।

 

सरकारले तोकेको निशुल्क स्वास्थ्य सेवाका लागि यसअघि राजधानी काठमाण्डौको सरकारी अस्पताल विर अस्पताल, ट्रमा सेन्टर र मुटु रोगका लागि गंगालाल हृदय रोग निवारण केन्द्रमा संचालनमा रहेको छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ