arrow

उपकुलपतिद्वारा नीलकण्ठ क्याम्पसको निरीक्षण

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
त्रिभुन-विश्वविद्यालयका-उपकुलपति-प्र-डा-तीर्थराज-खनिया.jpeg.jpeg

धादिङ । त्रिभुन विश्वविद्यालयका उपकुलपति प्र डा तीर्थराज खनियाले नीलकण्ठ नगरपालिका–३ स्थित नीलकण्ठ बहुमुखी क्याम्पसको निरीक्षण गर्नुभएको छ । निरीक्षणपछि उपकुलति खनियाँले विद्युतीय प्रविधिबाट समेत अध्यापन गराउनु र छात्रको सङ्ख्याभन्दा छात्राको सङ्ख्या बढी हुनु खुसीको कुरा भएको बताउँदै आफ्नो तर्फबाट सक्ने सहयोग क्याम्पसलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा क्याम्पस स्थापनामा उल्लेखनीय योगदान पु¥याउनुभएका क्याम्पसका संस्थापक अर्जुनकुमार श्रेष्ठलाई उपकुलपति खनियाँलेसम्मान गर्नभएको थियो । विसं २०५७ मा स्थापित उक्त क्याम्पसमा स्थापनाकालमा १२ जना विद्यार्थीबाट सुरु गरिएकामा हाल ८९३ विद्यार्थी अध्यनरत रहेको क्याम्पसले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ