arrow

प्रिमियर लिग फुटबलमा आर्सनलको लज्जास्पद हार, क्रिष्टलको चमत्कार

logo
प्रकाशित २०७३ चैत २९ मंगलबार
crystal-arsenal-football.jpg

सेल्हुरस्ट पार्क। इङलिश प्रिमियर लिग फुटबलमा आर्सनलले लज्जास्पद हारको सामना गरेको छ। रेलिगेशनबाट बच्न संघर्षरत क्रिष्टल प्यालेसले आकर्षक प्रदर्शन गर्ने क्रममा सोमबार राति आर्सनललाई ३–० ले हरायो। क्रिष्टलले पछिल्लो समय आकर्षक खेल खेलेको छ। यसअघि शीर्ष स्थानको चेल्सीमाथि पनि जित निकालेको थियो। आर्सनलका निराश दर्शकले बललाईसमेत पछाडि फालेर अवरोध गरेका थिए। 

जितपछि ३१ खेलबाट ३४ अंक बटुलेको क्रिष्टल १६ औं स्थानमा छ। दुई शीर्ष क्लवलाई जितेपछि क्रिष्टलले रेलिगेशन टार्ने लक्षण ल्याएको छ।हारपछि भने ३० खेलबाट ५४ अंकमा रहेको आर्सनलको शीर्ष चारमा अट्ने सम्भावना कमजोर बन्दै गएको छ। चेल्सीको ७५, टोटनह्याम हटसपरको ६८, लिभरपुलको ६३, म्यानचेष्टर सिटीको ६१ र म्यानचेष्टर युनाइटेडको ५७ अंक छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ