arrow

काँग्रेस वैज्ञानिक भूमिसुधारको पक्षमा; शशाङ्क

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
shashanka-koirala.jpg.jpeg

काठमाडौं। नेपाली काँग्रेसका नेता शशाङ्क कोइरालाले काँग्रेसले स्थापना कालदेखि नै वैज्ञानिक भूमिसुधारका पक्षमा आवाज उठाउँदै आएको बताएका छन् । ‘नेपाली काँग्रेस र वैज्ञानिक भूमिसुधार’ विषयमा मंललबार आयोजित कार्यक्रममा नेता कोइरालाले भूमिमा सबैको पहुँच पु¥याउन काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वको सरकारले २०१५ सालमा वैज्ञानिक भूमिसुधार योजनाको थालनी गरेको बताए ।

काँग्रेस स्थापना कालदेखि नै सामन्ती भू–स्वामित्वको अन्त्य गर्दै भूमिको न्यायपूर्ण वितरणका माध्यमबाट समतामूलक समाजमा केन्द्रित रहेको चर्चा गर्दै उहाँले काँग्रेसले नै २०१५ सालमा बिर्ता केन्द्रित, जमिन्दारी प्रथाको अन्त्य, राज्य–रजौटा उन्मूलन, वनको राष्ट्रियकरण जस्ता युगान्तकारी कार्य गरेको बताए । नेपाल किसान सङ्घका अध्यक्ष भानु सिग्देलले भूमिमा सबैको पहुँच मौलिक र नैसर्गिक अधिकार भएकाले राष्ट्रिय सहमतिका आधारमा समयसापेक्ष वैज्ञानिक भूमिसुधार नीति निर्माण गरी भूमि अधिकारबाट वञ्चित नागरिकमा भूमिको पहूँच विस्तार गर्नुपर्ने उनको भनाई रहेको थियो ।

उनले भने ,भूमिसुधार विज्ञ डा पूर्णबहादुर नेपालीले काँग्रेसले अघि सारेको भूमिसुधारसम्बन्धी नीति अग्रगामी र वैज्ञानिक भएको चर्चा गर्दै लोकतन्त्रलाई सुदृढ बनाउन भूमिको न्यायोचित वितरण आवश्यक हुन्छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमका विष्णु सापकोटाले नेपालमा भूमिसुधारसम्बन्धी धेरै कानुनी र संस्थागत कार्य भए पनि वैज्ञानिक भूमिसुधारलाई प्राथमिकतामा राखेर अन्तरपार्टीगत रुपमा छलफल हुन नसकेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ