arrow

अन्तराष्ट्रिय साहित्य समाज जापानको साकुरा फुल्दा कृति बिमोचन 

logo
प्रकाशित २०७३ चैत २९ मंगलबार
Sakura_Book_Japan.jpg

टोकियो, जापान। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको कृति साकुरा फुल्दा-४,पुस्तक बिमोचन गरिएको छ । टोकियोमा आयोजित ४०औं साहित्यिक शृङ्खलाको अबसर पारेर आईतवार भव्यरूपमा सम्पन्न भएको हो । 

साकुरा फुलको फेदमा कार्यक्रम गर्ने भनिएपनि प्रतिकुल मौसमका कारण बारकाडेको हलमा कार्यक्रम गरिएको थियो । 

कार्यक्रममा अनेसासका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माईला, अनेसास जापानका पूर्व अध्यक्षहरू दिनेशराज ज्ञवाली, वेलुकाजी थापा, आलोक चालीसे, एन.आर.एन.ए जापानका उपाध्यक्ष देवीलाल भण्डारी, ओ.एन.एफ जापानका कार्यबाहक अध्यक्ष बाबुराम भण्डारी, जन सम्पर्क समिति जापानका महामन्त्री रामजङ्ग कार्कीलगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । 

अन्तर्राष्ट्रिय नेपाली समाज जापानका प्रवक्ता भुवन रोका,ओनो जापानका उपाध्यक्ष सन्तोष सिलवाल,कलाकार रामकृष्ण बम मल्ल,वि फ़र अल जापानका अध्यक्ष सरोज कुमार क्षेत्री,रूपन्देही समाज जापानका अध्यक्ष पशुपति गिरी, बाग्लुङ समाज जापानका अध्यक्ष राजवीन थापा, आपचौर समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारी, स्याङ्जा समाज जापानका अध्यक्ष सागरमणी भण्डारी, INFSD जापानका अध्यक्ष दुर्गा क्षेत्री,पत्रकारहरू खगराज गौतम, राजन गौतम, उत्तम गौडेल, शान्त पहरी, प्रेमिला गौचन,सन्तोष बाबु चोखाल, लगाएतको कार्यक्रममा उपस्थिती रहेको थियो।

संस्थाका अध्यक्ष विष्णु प्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन दिप पाठकले गर्नुभएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ