arrow

६ दिनभित्र सुट बुट मेलामा ८२ हजार आए; ३२ हजार जुत्ता चप्पल बिके

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
boot-expo.jpg.jpeg
राजधानीको भृकुटीमण्डपस्थीत प्रदर्शनीहलमा भईरहेको १२ औं औद्योगिक प्रदर्शनीको छैठौं दिन अर्थ मन्त्री विष्णु पौडेलले अवलोकन गर्नु भएको छ । अहिलेको यो असहज परिस्थितिमा फुटवेयर म्यानुप्mयाक्चरर्स एशोसियसनले नेपाली छाला जुत्ता तथा नेपाली शुटको प्रदर्शनीलाई उत्साहपूर्वक सञ्चालन गरेकोमा आफुलाई अत्यन्त हर्षित बनाएको तथा छाला जन्य उद्योगहरुको कुनै पनि किसिमका समस्या भएमा अर्थ मन्त्रालयबाट हुनसक्ने जस्तोसुकै सहयोगको लागि म र अर्थ मन्त्रालय तयार रहेको बताउनु भयो । प्रदर्शनीको आयोजना फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनले गरेको हो भने सह आयोजकमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रहेको छ । जसकारण मेलाको नारा नेपाली बुट नेपाली सुट रहेको छ । यो प्रदर्शनी पौष ९ देखि शूरु भएको हो ।
 
प्रदर्शनीमा स्वदेशी छाला जुत्ता तथा वस्तु उत्पादकहरु तथा स्वदेशमा रहेका कपडा तथा सिलाई व्यवसायीहरुको सहभागीता रहेको छ । प्रदर्शनी मुख्यत नेपाली छाला जुत्ता, ज्याकेट, ब्याग, सुट, प्यान्टको स्टल रहेको छ । हालसम्म प्रदर्शनीमा करिब ८२ हजारले अवलोकन गरिसकेका छन् । हालसम्म प्रदर्शनीमा ३२ हजार जुत्ता तथा चप्पल विक्रि भएको १२ औं औद्योगिक पंदशर्नीका संयोजक मनोज श्रेष्ठले बताउनु भयो । प्रदर्शनीलाई सर्वसाधारण देखि सभासद, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी तथा पुर्वमन्त्री समेतले अवलोकन गरेका छन् । 
 
मेलामा कुल १०५ स्टल रहेकोमा कपडा तथा सिलाई व्यवसायीको ६ वटा स्टल रहेका छन् भने छालाजन्य वस्तुका दुई र अन्य जुत्ता तथा चप्पलका स्टल रहेका छन्। यस प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ को सहयोग रहेको छ । यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी महिला पुरुष, बिद्यार्थी, कर्मचारी आदि सबै वर्गले उत्सुकतापूर्वक अवलोकन गरिरहेका छन् । यस प्रदर्शनीमा करिव १ लाख दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्ने तथो करिब २ करोडको काराबार हुने अपेक्षा आयोजकले लिएको छ । मेलामा सम्पुर्ण कम्पनीले आफ्नो उत्पादनमा १५ प्रतिशत छुट दिईरहेका छन् । 
 
काठमाडौं। राजधानीको भृकुटीमण्डपस्थीत प्रदर्शनीहलमा भईरहेको १२ औं औद्योगिक प्रदर्शनीको छैठौं दिन अर्थ मन्त्री विष्णु पौडेलले अवलोकन गर्नु भयो । अहिलेको यो असहज परिस्थितिमा फुटवेयर म्यानुफयाक्चर्स एशोसियसनले नेपाली छाला जुत्ता तथा नेपाली शुटको प्रदर्शनीलाई उत्साहपूर्वक सञ्चालन गरेकोमा आफुलाई अत्यन्त हर्षित बनाएको उल्लेख गर्दै छालाजन्य उद्योगहरुको कुनै पनि किसिमका समस्यामा अर्थ मन्त्रालयबाट हुनसक्ने जस्तोसुकै सहयोगको लागि आफू र अर्थ मन्त्रालय तयार रहेको बताउनुभयो। 
 
प्रदर्शनीको आयोजना फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनले गरेको हो भने सह आयोजकमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रहेको छ। प्रदर्शनी पौष ९ देखि शूरु भएको हो। प्रदर्शनीमा स्वदेशी छाला जुत्ता तथा वस्तु उत्पादकहरु तथा स्वदेशमा रहेका कपडा तथा सिलाई व्यवसायीहरुको सहभागीता रहेको छ। प्रदर्शनी मुख्यत नेपाली छाला जुत्ता, ज्याकेट, ब्याग, सुट, प्यान्टको स्टल रहेको छ। हालसम्म प्रदर्शनीमा करिब ८२ हजारले अवलोकन गरिसकेका छन् । हालसम्म प्रदर्शनीमा ३२ हजार जुत्ता तथा चप्पल विक्रि भएको १२ औं औद्योगिक पंदशर्नीका संयोजक मनोज श्रेष्ठले बताउनु भयो । 
 
प्रदर्शनीलाई सर्वसाधारण देखि सभासद, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी तथा पुर्वमन्त्री समेतले अवलोकन गरेका छन् । मेलामा कुल १०५ स्टल रहेकोमा कपडा तथा सिलाई व्यवसायीको ६ वटा स्टल रहेका छन् भने छालाजन्य वस्तुका दुई र अन्य जुत्ता तथा चप्पलका स्टल रहेका छन् । यस प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ को सहयोग रहेको छ । 
 
प्रदर्शनीमा स्वदेशी तथा विदेशी महिला पुरुष, बिद्यार्थी, कर्मचारी आदि सबै वर्गले उत्सुकतापूर्वक अवलोकन गरिरहेका छन् । यस प्रदर्शनीमा करिव १ लाख दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्ने तथो करिब २ करोडको कारोबार हुने अपेक्षा आयोजकको छ । मेलामा सम्पुर्ण कम्पनीले आफ्नो उत्पादनमा १५ प्रतिशत छुट दिईरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ