arrow

डिपीएल क्रिकेट: शरदको अलराउण्ड प्रदर्शनले बिराटनगर बिजयी

logo
प्रकाशित २०७३ चैत २९ मंगलबार
DPL_Dhangadhi_Cricket.jpg

धनगढी। पारस खड्काको कप्तानीमा रहेको धनगढी टिम चौराहा बिराटनगर किङ्ससँग २३ रनले पराजित भएको छ। बिराटनगरका कप्तान शरद भेषावकरको अलराउण्ड प्रदर्शनले धनगढी पराजित भएको हो। 

धनगढीमा जारी धनगढी प्रिमियर लिग (डिपिएल)को तेस्रो खेलमा शरद भेषावकरको कप्तानीमा रहेको बिराटनगरले टस हार्दै पहेले ब्याटीङ गरेको थियो। 

निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १३४ रन बानएको थियो। शरदले ४६ रन बनाएका थिए भने विकेटकिपर ब्याट्सम्यान अनिल शाहले २८ रनको योगदान दिएका थिए। धनगढीका ललित राजबंशीले २ विकेट लिएका थिए।

जवाफमा ब्याटिङ गर्न ओर्लेको धनगढीले २० ओभरमा ९ विकेटको क्षतीमा १११ रन मात्र बनाएको थियो। उसकालागि अनिल मण्डलले २४ रन बनाएका थिए भने अमर राउटेलाले २६ रनको योगदान गरेका थिए। कप्तान पारस खड्काले २ रन मात्र बनाउन सकेका थिए। 

धनगढीका कप्तान शरदले ४ ओभरमा २० रन खरचंदै ३ विकेट लिएका थिए भने सुशील कंडेलले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट हात पारेका थिए।  खेलको प्लेयर अफ दि म्याच शरद भेषावकर घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ