
तस्वीर – एजेन्सी
गुयाना । वेष्ट इन्डिज विरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला पाकिस्तानले जितेको छ । १–१ को बराबरी भएको अवस्थामा तेस्रो तथा निर्णायक खेलमा ६ विकेटको जित हासिल गर्दै पाकिस्तानले श्रृंखला २–१ ले जितेको हो ।
गुयानामा भएको खेलमा वेष्ट इन्डिजले ९ विकेटको नोक्सानीमा २३३ रन बनायो । साइ होपले ७१ रन बनाए ।
जवाफमा सोइब मल्लिकले कमालको ब्याटिङ गरेपछि पाकिस्तानले ४ विकेटको नोक्सानीमा ४३.१ ओभरमै विजयी लक्ष्य पूरा गर्न सफल भयो ।
मल्लिकले १११ बलमा नटआउट १०१ रन बनाए ।
मल्लिक म्यान अफ द म्याचसंगै म्यान अफ द सिरिज पनि भए ।
प्रतिक्रिया :