arrow

आइपीएलमा दिल्लीले पुनेलाई हरायो, धोनी फ्लप

logo
प्रकाशित २०७३ चैत ३० बुधबार
sanju-delhi.jpg

पुने । भारतमा चलिरहेको आइपीएल क्रिकेटको नवौं खेलमा दिल्ली डेयर डेभिल्स विजयी भएको छ । दिल्लीले राइजिङ पुने सुपर जाइन्टलाई ९७ रनले हरायो ।

पुनेमै भएको खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले सन्जु साम्सनको सतकको मद्धतले ४ विकेटको नोक्सानीमा २०५ रन बनायो ।

साम्सनले ६३ बलमा १०२ रन बनाए । क्रिस मोरिसले ९ बलमा नटआउट ३८ रन बनाए । जवाफमा पुनेले १६.१ ओभरमा अलआउट हुँदै १०८ रन बनायो ।

मायांक अग्रवालले सबैभन्दा बढी २० रन बनाएको इनिङलाई ध्वस्तै पार्ने क्रममा अमित मिश्रा र कप्तान जहिर खानले ३–३ विकेट लिए । 

पुनेका खेलाडी तथा पूर्व कप्तान तथा भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी भने यो संस्करणमा पूरै फ्लप देखिएका छन् । धोनीले यो खेलमा १४ बलमा ११ रन जोडे ।

पहिलो खेलमा झनै खराव खेलेका थिए । 


आइपीएलमा बुधबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद राति ८ः१५ बजे भिडने छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ