डीपीएल क्रिकेटमा अत्तरिया र रुपन्देही मैदानमा, रुपन्देही ब्याटिङमा

दिउँसो विराटनगर र काठमाडौं भिड्ने

प्रकाशित मिति : २०७३ चैत ३० बुधबार

धनगढी । धनगढीमा जारी डीपीएल क्रिकेटमा अहिले सीवाइसी अत्तरिया र रुपन्देही च्यालेन्जर्स भिडिरहेका छन् । रुपन्देहीले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

ज्ञानेन्द्र मल्लको अत्तरियाले पहिलो खेलमा काठमाडौं गोल्डेन्सलाई हराएको थियो भने शक्ति गौचनको रुपन्देहीले कन्चनपुर आइकोनिकलाई हराएको थियो । 

दिउँसो विराटनगर किंगस र काठमाडौं गोल्डेन्स खेल्दैछन् । यसअघिको पहिलो खेलमा विराटनगरले चौराहा टिम धनगढीलाई हराएको थियो भने काठमाडौंले तेस्रो खल खेल्दैछ ।

काठमाडौंले यसअघि एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ । 
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ