arrow

औलोले सतायो, प्रभावित क्षेत्रमा दश दिने अभियान

logo
प्रकाशित २०७३ चैत ३० बुधबार
aaulo-malaria.jpg

बनियानी। औलो प्रभावित क्षेत्र झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारीमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले औलो निवारणका लागि मङ्गलबारदेखि १० दिने अभियान सुरु गरेको छ। 

झापाको सबैभन्दा बढी औलो रोगी रहेको पाठामारीमा ‘औलो रोग निवारणका लागि वातावरण सरसफाइ तथा व्यवस्थापन अभियान’ सुरु गरिएको भेक्टर कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरेले जानकारी दिए। 

अभियानअन्तर्गत पशुपति आधारभूत विद्यालय पाठामारीको हाताभित्र रहेको खाल्डाखुल्डी पुरिनाका साथै झारपात नष्ट गरिएको थियो। 

दशदिने अभियानमा पाठामारी क्षेत्रमा रहेका सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी पुर्ने, ब्लिचिङ पाउडर छर्कने कामका साथै आसपासका क्षेत्रमा रहेका झारपात नष्ट गर्ने कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत जीवन चौलागाईंले जानकारी दिए। 

पाठामारी झापाको सबैभन्दा बढी औलो रोग प्रभावित क्षेत्रमा पर्छ। आव २०७२-७३ मा यस क्षेत्रमा १६ जना औलो रोगी फेला परेका थिए भने चालु आवमा चारजनामा औलो फेला परेको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ