arrow

डिपीएल क्रिकेट: शहाब आलमको बलिङ सामु अत्तरिया निरिह

logo
प्रकाशित २०७३ चैत ३० बुधबार
DPL_Cricket_Dhangadhi_hamra.jpg

धनगढी। रुपन्देही च्यालेन्जर्सले सिवाईसी अत्तरियालाई ४२ रनले पराजित गरेको छ।रुपनदेहीका शाहब आलमको कसिलो बलिङका सामु अत्तरिया निरिह देखिएको थियो। उनले ४ विकेट लिंदै रुपनदेहीलाई बिजयी गराउन सफल भएका थिए। 

टस जितेर पहिले ब्याटीङ गरेको रुपनदेहीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १२९ रन बनाएको थियो। 

रुपनदेहीका राजेश पुलामीले ३१ रन बनाएका थिए भने केसी प्रकाशले २९ रनको योगदान दिएका थिए। अत्तरियाका बिनोद लामा र प्रदि ऐरीले २-२ विकेट लिएका थिए। 

जवाफमा १३० रनको लक्ष्य पच्छ्याएको अत्तरिया १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको थियो। अत्तरियाका कप्तान ज्ञानेन्द्र मल्लले सार्वाधिक ३० रन बनाएका थिए। 

रुपनदेहीका शाहाब आलमको कसिलो बलिङ सामु अत्तरियाका ब्याट्सम्यानहरु टिक्न सकेनन्। आलमले ४ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर ४ विकेट  लिएका थिए। त्यसैगरि बिक्रम सोबले २ विकेट हात पारेका थिए। 

खेलका प्लेयर अफ म्याच शहाब आलम घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ