arrow

लोकतान्त्रिक श्रष्टाको संयुक्त मञ्च पुनःगठन गर्न कमिटी

logo
प्रकाशित २०७३ चैत ३१ बिहिबार
poet.jpg

काठमाडौँ । लोकतान्त्रिक स्रष्टाको संयुक्त मञ्चलाई पुनः गठनका लागि नौ सदस्यीय भेला आयोजक कमिटी गठन गरिएको छ । 

लोकतान्त्रिक आन्दोलनमा स्रष्टालाई दमन भएको दिनको स्मरणमा  ‘स्रष्टा चैत ३०’ संस्थाले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रम सो आयोजक कमिटी गठन गरिएको हो । 

लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउन र मुलुकको समृद्धिको यात्रालाई लेखनी र सङ्गठनका माध्यमबाट निरन्तर खबरदारी गर्न सो वाम–प्रजातान्त्रिक स्रष्टाको साझा मञ्चको पुनः आवश्यकता औँल्याइएको हो । 

आयोजक समितिमा डा तुल्सीप्रसाद भट्टराई, डा विष्णुविभू घिमिरे, हरिगोविन्द लुइँटेल, मातृका पोखरेल, डा ईश्वरचन्द्र ज्ञवाली, सुलोचना मानन्धर, आरएम डङ्गोल, मनोज न्यौपाने र प्रकाश सिलवाल रहेका छन् । 

तमोट र जोशी सम्मानित 
यस वर्षको स्रष्टा सम्मान श्याम तमोट र नन्दकृष्ण जोशीलाई प्रदान गरिएको छ । 

वरिष्ठ साहित्यकार वैरागी काइँलाले सो सम्मान प्रदान गर्र्दै गणतन्त्र प्राप्तिका लागि स्रष्टाले खेलेको भूमिका ऐतिहासिक भएको बताए । 

“स्रष्टाको मर्म र भावनालाई राजनीतिक दल र नयाँ पुस्ताले आत्मसात् गर्नुपर्छ,” उनले भने । 

कार्यक्रममा कवि पूर्ण विरामले ‘त्यो योद्धा को होे ?’ शीर्षकको कविता वाचन गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ