- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एलियान्ज एरिना । पोर्चुगिच खेलाडी क्रिष्चियानो रोनाल्डो युरोपेली फुटबल च्याम्पियन्स लिगमा एक सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको पहिलो लेगमा जर्मन क्लव बायर्न म्युनिखलाई २–१ ले उसकै मैदानमा रियाल मड्रिडले पराजित गर्ने क्रममा रोनाल्डोले गोल गर्दै सय गोल पूरा गरेका हुन् ।
खेलमा दुवै गोल रोनाल्डोले गरे । २५ औं मिनेटमा भिदालले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ४५ औं मिनेटमा पाएको पेनाल्टीलाई भने भिदालले सदुपयोग गर्न सकेनन् ।
त्यसपछि रोनाल्डोले लगातार दुई गोल गर्दै रियाललाई जिताएनन्मात्र आफूलेसमेत कीर्तिमान रचे । बायर्नका हेभियर मार्टिनेजले दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिनु परेको छ ।
अब दोस्रो लेगमा रियाललाई खेल्न अझ बढी सजिलो हुनेछ । दोस्रो लेगको टाइ यही अप्रिल १८ तारिखमा हुनेछ ।
च्याम्पियन्स लिगका अन्य खेलमा बोरुसिया डर्टमुन्ट मोनाकोसंग ३–२ ले पराजित भएको छ भने एथलेटिको मड्रिडले लेस्टर सिटीलाई १–० ले हराएको छ ।