arrow

डिपीएल क्रिकेटमा कञ्चनपुर आइकोनिक र धनगढी टिम चौराहा मैदानमा

logo
प्रकाशित २०७३ चैत ३१ बिहिबार
dpl.jpg

धनगढी । धनगढीमा भइरहेको डिपीएल क्रिकेटमा अहिले कञ्चनपुर आइकोनिक र धनगढी टिम चौराहाबीचको भिडन्त भइरहेको छ । खेलमा कञ्चनपुरले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

 कञ्चनपुरको कप्तानी विनोद भण्डारीले सम्हालेका छन् । धनगढीमा पारस खड्का छन् । 

दुवै टिम पराजयको शिकार भएका छन् । कञ्चनपुरले यसअघिका दुवै खेल हारेको छ भने धनगढीले एक खेल हारेको छ । 

दुवै टिमले पहिलो जित हासिल गर्न चाहन्छन् । 

बिहीबार दिउँसो १ बजे विराटनगर किंगस र सीवाइसी अत्तरिया भिड्दै छन् । विराटनगरको कप्तानी शरद भेषवाकरले तथा अत्तरियाको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हालेका छन् ।

 यसअघिका खेलमा दुवै टिमले मिश्रित परिणाम निकालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ