सुन साइलीपछि बजारमा ‘ज्यान साइली’को चर्चा

प्रकाशित मिति : २०७३ चैत ३१ बिहिबार

काठमाडौं। गायक तथा संगीतकार कृष्ण कटेलको ‘ज्यान साइली’ बोलको गीतको भिडियोसहित ‘अक्षर’ एल्बम सार्वजनिक भएको छ। 

वरिष्ठ पत्रकार भरत शाक्यले काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमकाबीच एल्बमको विमोचन गरेका हुन्। उक्त एल्बममा गायक स्वयंको शव्द संगीतमा ‘ज्यान साइली’सहित पाँचवटा गीतहरु समावेश छन्।  


आधुनिक र लोकधारको नेपाली मौलिक संगीत शैलीलाई आत्मसाथ गरी गीतहरु तयार गरिएको गायक कटेलले बताए।  म्युजिक भिडियोमा युवा र युवतीबीचकोे माया प्रेमलाई दर्शाउन खोजिएको छ। ‘ज्यान साइली’ बोलको गीतको भिडियोमा नायिका हर्षिका श्रेष्ठ र पवित्र भण्डारीले अभियन गरेका छन्। दोलखाको खरी ढुंगामा छायांकन गरिएको भिडियोको निर्देशन भरत शाक्यले गरेका छन्। 

 

गायक तथा संगीतकार कटेलको यो पहिलो एल्बम हो। आउँदा दिनमा गायन र संगीत सिर्जनमा लागि रहने कटेलले बताएका छन्।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ