arrow

डिपीएल क्रिकेट: रुपन्देहीद्वारा काठमाडौं पराजित

logo
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
DPL_Cricket_Dhangadhi_hamra.jpg

धनगढी। काठमाडौं गोल्डेन्स बिरुद्ध रुपन्देही च्यालेन्जर्सले १५ रनको जित हासिल गरेको छ। धनगढी प्रिमियर लिग (डिपीएल)मा रुपन्देहिको यो लगातार तेस्रो जित हो।

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओबरमा ९ विकेटको क्षतिमा १३५ रन बनाएको थियो। खेलको पहिलो बलमै हरिशंकर शाहलाई गुमाएको रुपन्देही त्यसपछि सम्हालिएर खेलको थियो। काठमाडौंका सोमपाल कामीले पहिलो बलमै उनलाई एलबिडब्लु आउट गरेका थिए। 

रुपन्देहिका नुरध्वज सेनले ३७ रन बनाएका थिए भने पुष्प थापाले ३६ रनको योगदान गरेका थिए। काठमाडौंका सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडेन सहित २१ रन खर्चेर ४ विकेट लिएका थिए। 

जवाफमा बायटीङ गर्न ओर्लेको काठमाडौंले राम्रो सुरुवात गर्न सकेन र सातौं ओभरमा २९ रन बानउँदा ४ विकेट गुमाएको थियो। काठमाडौंकालागि सुमित महर्जनले २७ रन बनाएका थिए । काठमाडौंको पारी निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रनमा समेटिएको थियो। 

रुपन्देहीका शक्ति गौचनले ३ विकेट लिएका थिए भने बिक्रम सोब र क्रिष्ण कार्कीले २-२ विकेट लिएका थिए। त्यसैगरि शहाब आलमले १ विकेट लिंदा ४ ओभरमा २ मेडेन सहित १२ रन मात्र खर्चेका थिए। 

खेलका प्लेयर अफ द म्याच रुपन्देहीका पुष्प थापा घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ