arrow

नेपाली चलचित्र झमक बहादुर बन्ने

logo
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
Jhamak-Bahadur.png

काठमाडौं । नेपाली समाजमा नेपालीपनको झल्को दिने चलचित्र झमक बहादुरको निर्माण हुने भएको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्माण पक्षले  चलचित्र निर्माणको घोषणा गरेको हो। 

नेपाली समाजमा अझै पनि विकृतिका रुपमा रहेको धनी र गरिबबीचको द्धन्द्धलाई देखाउन खोजिएको यस चलचित्रलाई यूबी फिलमस् ग्यालरीले निर्माण गर्नेछ ।

चलचित्र झमक बहादुरमा खलनायकको भूमिकामा चर्चा कमाएका नायक अनुप बिक्रम शाही, मीन बहादुर तामाङ, यादव प्रसाद देवकोटा, सुजाता थापा, कल्याण अधिकारी, नियोना गुरुङ, राजु कमेडी, प्रबिन श्रेष्ठ र बाल कलाकार सुमिना दाहालको मुख्य भूमिका रहने छ। 

काठमाडौँ र पोखरामा छायांकन हुने यो चलचित्रलाई राजेन भूजेलले लेखेका हुन्। भोमन कटुवालकोे निर्देशन रहने यो चलचित्रलाई तारादेबी गुरुङ, आर्जन खड्का र जेनी रेग्मीले निर्माण गर्न लागेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ