डिपीएल क्रिकेट: बलरहरु चम्केको खेलमा बिराटनगर बिजयी
प्रकाशित २०७४ वैशाख २ शनिबार
328
Shares
धनगढी। बलरहरुलाई साथ दिने पिचमा भएको खेलमा बिराटनगर किंग्सले कंचनपुर आईकोनिकलाई ५ विकेटले पराजित गरेको छ। धनगढी प्रिमियर लिग (डिपीएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिराटनगरको चार खेलमा यो तेस्रो जित हो।
टस हारेर पहिलो ब्याटीङ गरेको कन्चनपुर १७ ओभरमा सबै विकेट गुामउँदै ८० रनमा समेटिएको थियो। बिराटनगरका सुशिल कंडेलले कसिलो बलिङ गर्दै ४ ओभरमा १ मेडेन सहित ८ रन खर्चेर ४ विकेट लिएका थिए भने स्टार स्पिनर सन्दिप लामिछानेले पनि ४ विकेट हात पारेका थिए।
कन्चनपुरका हासिम अन्सारीले २७ रन बनाएका थिए भने कुशल भुर्तेलले १९ रनको योगदान दिएका थिए।
जवाफमा ब्याटिङ गर्न ओर्लेको बिराटनगरले ८१ रनको लक्ष्य ९.१ ओबरमा ५ विकेट गुामउँदै पुरा गरेको थियो। कप्तन सरद भेषावकरले सार्वाधिक १५ बलमा २८ रन बनाएका थिए। आकाश थापाले १२को योगदान दिएका थिए। कन्चनपुरका सागर पुनले ५ विकेट लिएका थिए।