इङलिश प्रिमियर लिग फुटबलमा साँझ टोटनह्याम र बर्नमाउथ भिड्दै

बेलुकीको भिडन्त लेष्टर–क्रिष्टलबीच

प्रकाशित मिति : २०७४ बैशाख २ शनिबार

काठमाडौं । इङलिश प्रिमियर लिग फुटबलमा शनिबार सात खेल हुँदैछन् । साँझ ५ः१५ बजे टोटनह्याम हटसपरले एएफसी बर्नमाउथसंग खेल्दैछ ।

त्यस्तै बेलुकी ७ः४५ बजे क्रिष्टल प्यालेस र लेस्टर सिटी, एभर्टन र बर्नली, स्टोक सिटी र हल सिटी, सन्डरल्याण्ड र वेष्टह्याम युनाइटेड र वाटफोर्ड र स्वान्सी सिटी भिड्दै छन् ।

राति १०ः१५ बजे साउथह्याम्पटन र म्यानचेष्टर सिटी खेल्दैछन् । 

३१ खेलबाट ७५ अंकको चेल्सी उपाधि नजिक पुगिरहँदा दोस्रो स्थानको टोटनह्यामले ६८ अंकबाट चुनौती दिइरहेको छ ।

लिभरपुलको ६३ अंक छ । त्यस्तै म्यानचेष्टर सिटीको ६१ अंक छ । 
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ