arrow

स्पेनिश ला लिगा फुटबलः रियाल मड्रिड र बार्सिलोना उपाधि खोस्न आतुर

logo
प्रकाशित २०७४ वैशाख २ शनिबार
spanish-league-football.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा शनिबार चार खेल हुँदैछन् । ४ः४५ बजे  डेपोर्टिभो र मालागा, राति ८ः०० बजे स्पोर्टिङ र रियाल मड्रिड, १०ः१५ बजे एथलेटिको मड्रिड र ओसासुना भिड्दै छन् । राति १२ः३० बजे बार्सिलोना र रियाल सोसिडाड भिड्दै छन् । 

३० खेलबाट रियाल मड्रिड ७२ अंकबाट शीर्ष स्थानमा छ । ३१ खेलबाट ६९ अंकको बार्सिलोना दोस्रो स्थानमा छ । उपाधि भिडन्त यी दुई टीमबीच हुनेछ ।

रियालले एक खेल कम खेलेकाले उसलाई फाइदा छ । तर एक खेल रियालले हार्नासाथ दुवैबीचको आपसी भिडन्त निर्णायक हुन सक्नेछ ।

रियालका हिरा क्रिश्चियानो रोनाल्डो निकै फर्ममा रहेकाले पनि उसको हार्ने सम्भावना कमै छ । यही गतिमा रियाल रह्यो भने डिफेन्डिङ च्याम्पियन बार्सिलोना हेरेको हेर्यै हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ