arrow

आरिफ चम्किएपछि धनगढी टिम चौराह विजयी, पारसले खाता खोल्न सकेनन्

logo
प्रकाशित २०७४ वैशाख २ शनिबार
DPL-cricket2.jpg

काठमाडौं । धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटमा पारस खड्का कप्तानीको धनगढी टिम चौराहले बसन्त रेग्मी कप्तानीको काठमाडौं गोल्डेन्सलाई हराउँदै जितकाे खाता खाेलेकाे छ । लगातार दुई खेलमा पराजित भएको धनगढीले शनिबार भएको खेलमा काठमाडौंलाई ११ रनले हराउँदै पहिलाे जित दर्ता गरेकाे हाे  ।

धनगढीले दिएको एक सय ३७ रनको चुनौती पछ्याएको काठमाडौले निर्धारित २० ओभरमा १ सय २५ रन बनाउँदै अलआउट भयो । काठाडमौंका लागि सन्दिप झोराले २८ तथा कामपाल कामीले २४ रन बनाए । धनगढीका सौरभ खनाल र आरिफ शेखले समान ३–३ विकेट लिए ।

टस जितेर पहिले व्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ३६ रन बनाएको थियो । धनगढीका लागि अलराउण्ड प्रदर्शन गरेका आरिफ शेखले ५८ रन बनाए । उच्च स्कोर बनाएका आरिफ लेग सोमपाल कामीको धरापमा परे ।

दोस्रो विकेटका लागि अनिल मण्डलले २९ रन बनाउँदा पारस खड्काले खाता खोल्न सकेनन् । अलराउण्ड प्रदर्शन गरेका सोमपाल कामीले काठमाडौंका लागि ३ विकेट लिए । यस्तै, मन्जित श्रेष्ठले ३ विकेट लिएपनि स्कोर कम गर्न सकेनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ