arrow

आकाशमुनि गाउँ परिषद्, ओडारमा योजना तर्जुमा गोष्ठी

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
jumla_district.jpg.jpeg
जुम्ला । यस वर्ष पनि मालिकाठाँटा गाविसले आकाशमुनि आफ्नो २४औँ गाउँ परिषद् सम्पन्न गरेको छ । वर्षौंदेखि जग्गा र भवनबिना मालिकाठाँटा गाविसले चौरमा परिषद् सम्पन्न गर्दै आएको छ । यो गाविसले सार्वजनिक चौरमा परिषद् र योजना तर्जुमा गोष्ठी मानेचौर ओडारमा सम्पन्न गरेको गाविस सचिव युवराज न्यौपानेले जानकारी दिए । २४औँ गाउँ परिषद्ले लक्षित वर्ग र विद्युत्लाई पहिलो प्राथमिकता दिएको छ । आगामी आव ०७३÷७४ का लागि रु २० लाख ३० हजार बजेट प्रस्तावित गरेको छ । चालु आवमा भने रु २६ लाख ६७ हजार बजेट विनियोजन गरी शिक्षामा पहिलो प्राथमिकता दिइएको उनले बताए । 

सचिव न्यौपानेका अनुसार भवनका लागि जग्गाको पहल गर्न स्थानीयस्तरदेखि जिल्लास्तरसम्मका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिसँगको बैठक गरिएको थियो । कुनै पनि पनि प्रगति हुन सकेन । 

भवन अभावले अहिले पनि उक्त गाविसमा कार्यरत सचिव, मुखियासहितका कर्मचारीलाई निकै गाह्रो भएको छ । खुला आकाशको ओत लिई सेवा दिइरहेको समयमा पानी पर्दा, हावाहुरी चल्दा, सिरेटो जाडो बग्दा र हिमपात हुँदा ओडारमा सुरक्षा लिन जाने गरेको गाविसले जनाएको छ । कर्मचारीलाई बसेर सहज सेवा दिने व्यवस्था नभएपछि स्थानीय जनतालाई दिने सेवा पनि प्रभावित हुने गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ