arrow

जापानी पर्यटकलाई नेपाल स्वागत  गर्न जापानमा कार र्‍याली 

logo
संगिता कुवँर ।  
प्रकाशित २०७४ वैशाख ३ आइतबार
car-rally-japan-nrn.jpg

जापान । जापानी पर्यटनको नेपाल स्वागत र पर्यटन प्रवर्धन गर्ने उदेश्यले जापानको टोकियो लगाएतका ठाउँमा सन्देशमुलक र्‍याली सम्पन्न भएको छ । एनआरएनए जापानको आयोजना, नेपाली राजदूताबासको बिशेष सहयोगमा र्‍याली गरिएको हो । र्‍याली एनआरएनए आईसिसि उपाध्यक्ष भवन भट्ट संयोजकत्वमा गरिएको थियो । 

बुद्ध नेपालमै जन्मिएका हुन र हिमालयको देशमा जापानी पर्यटकलाई स्वागत छ भन्ने  सन्देशमुलक र्‍याली गरिएको थियो । टोकियो सहित जापानका मुख्य १२ स्थानमा एकैसाथ अतिथि देवो भव , नेपालमा स्वागत छ लगाएत लेखिएको पोस्टले सजिएका कारमा र्‍याली गरिएको हो । गत वर्ष नेपाल फेष्टिवल आयोजना गरिएको  योयोगी पार्कबाट सुरू भएको टोकियोको र्‍याली योयोगी, सिबुया, सिंजकु, सीनओकुबो हुँदै योकोहामासम्म पुगेको थियो । 

यस्तै फुकुओका, ओसाका, नागोया, तोचिगी, गुम्वा, निगाता, ओकिनावा लगायतका शहरहरूमा समेत र्‍यालीको आयोजना गरिएको छ । यस्ता खालका र्‍यालीले जापानीहरुले सकारात्मक सन्देश पुग्ने एनआरएनए जापानका अध्यक्ष सुदन थापाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ