arrow

दृष्टिविहिन आर्यन–नम्रताको यस्तो रोमान्स(भिडियो)

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
काठमाडौं । नेपाली फिल्म क्षेत्रमा सर्वाधिक रोमान्टिक जोडीका रुपमा चिनिएका अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ अभिनित फिल्म ‘क्लासिक’को रोमान्टिक गीत सार्वजनिक भएको छ । मनिला राई र कोशिष क्षेत्रीको स्वरमा रहेको ‘सुनौलो दिन लाग्यो’ बोलको गीतमा आर्यन र नम्रताको दृष्टिविहिन रोमान्स हेर्न पाईन्छ । यी दुई कलाकार फिल्ममा दृष्टिविहिन भूमिकामा छन् ।

गीतमा दिनेश रावतको शब्द र ताराप्रकाश लिम्बुको संगीत छ भने कोरियोग्राफी रेनेशा वान्तवा राईको छ । आर्यन सिग्देल इन्टरटेनमेन्ट र सुवास इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा रोमी वानी घिमिरे, प्रज्जवल सुरज गिरी, सुशिल काफ्ले, शिशिर राणालगायतको अभिनय रहेको छ ।

सुवास गिरी निर्माता रहेको फिल्ममा कमल गिरी कार्यकारी निर्माता रहेका छन् । फिल्ममा छेतेन गुरुङको लेखन, सुरेन्द्र पौडेल र प्रितम पाण्डेको सम्पादन, विकास सुवेदीको सह निर्देशन, दिनेशबहादुर रावतको मुख्य सहायक निर्देशन र दिनेश रावतको निर्देशन रहेको छ । फिल्म माघ २९ मा अल नेपाल रिलिज हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ