arrow

सञ्जय र करिश्माको निशानामा छोराछोरी

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
Karisma-Sanjay-Samaira.jpg.jpeg
मुम्बई । बलिउड फिल्म अभिनेत्री करिश्मा कपुरका पति सञ्जय कपुरले पारिवारिक अदालतमा निवेदन दर्ता गर्दै आफ्ना दुई सन्तानलाई आफुसमक्ष हस्तान्तरण गर्न माग गरेका छन् ।

उनीहरुका दुवै सन्तान अहिले करिश्मासँग  बस्दै आएका छन् । सञ्जयको वकिलले १५ दिन अघि नै अदालतमा सञ्जयले निवेदन दायर गरेको बताएका छन् । 

करिश्माको वकिल जालजा नाम्बियरले यो विषयमा कुनै पनि टिप्पणी गरेका छैनन् । तर सञ्जयका वकिलले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा सञ्जयले १५ दिन अघि नै निवेदन दर्ता गरेको खुलासा गरे । सञ्जयले करिश्माविरुद्ध कुनै आरोप लगाएका छन् या छैनन् भन्ने विषयमा चाहिँ वकिलले केही खुलाएनन् ।

सञ्जय र करिश्माको समाइरा र किआन राज नामका छोरा र छोरी छन् । यसअघि पनि सञ्जयले यसै विषयलाई लिएर पारिवारिक अदालतमा निवेदन दिएका थिए तर पछि उनले त्यो निवेदन फिर्ता लिएका थिए । उनीहरु दुवैले आपसी समझदारीमै सम्बन्धविच्छेदको मुद्धा दर्ता गराएका थिए जसमा बच्चा कोसँग रहने भन्ने विषयमा शर्त राखिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ