arrow

१२ दिनमै सय करोड डलर कमायो स्टार वार्सले

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
star-wars-7-trailer.jpg.jpeg
लसएञ्जल्स । हलिउड फिल्म ‘स्टार वार्सःद फोर्स अवेकन्स’ले बक्स अफिसमा सबैभन्दा छिटो १०० करोड डलर कलेक्सन गर्ने फिल्मको रेकर्ड आफ्नो नाममा पारेको छ । यो फिल्मले १२ दिनमै यो रेकर्ड राखेको हो ।

केबल १२ दिनमा जेजे अब्राहम निर्देशित फिल्मले ग्लोबल बक्स अफिसमा लगभग १०९ करोड डलर कमाएको छ । यो फिल्मले पहिलाको रेकर्ड होल्डर ‘जुरासिक वल्र्ड’लाई पछाडि पारेको छ । ‘जुरासिक वल्र्ड’ले १३ दिनमा सय करोड डलर पुगेर रेकर्ड राखेको थियो ।

स्टार वार्समा डार्थ भेडर, योदा, बोबा फेट, लुक स्काइवाकरलगायतले अभिनय गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ