arrow

डिपीएल क्रिकेट: पारस खड्काको बिष्फोटक ब्याटीङले धनगढी दोस्रो चरणमा प्रवेश

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
DPL_Cricket_Chauraha_rupan.jpg

धनगढी । धनगढीमा भइरहेको धनगढी प्रिमियर लिग डिपीएल टी–२० क्रिकेटको लिग चरणको अन्तिम खेलमा पारस खड्काको बिष्फोटक ब्याटीङले धनगढी चौराहा क्वालिफायर्समा प्रवेश गरेको छ। पारसले २१ बलमा २ छक्का र ७ चौकाको मदतले ४२ रन बनाएका थिए। 

 रुपन्देही च्यालेन्जर्सले दिएको ९२ रनको लक्ष्य  धनगढीले ११ ओभरमा पुरा गर्दै क्वालिफायर्सको यात्रा तय गरेको हो। धनगढीले क्वालिफायर्समा काठमाडौं गोलडेन्ससँग खेल्ने छ। 

तीन टोलीको चार अंक भएपनि नेट रनरेटको आधारमा धनगढी क्वालिफायर्समा पुगेको हो। कन्चनपुर र अत्तरियाको पनि ४ अंक रहेको थियो। 

धनगढीकालागि राजु रिजाल र अमर राउटेलाले १३-१३ रन बनाएका थिए। रुपन्देहीका शहाब आलमले २ विकेट लिएका थिए। 

यसअघि टस जितेर रुपन्देहीले २० ओभरमा ६ विकेटको नोक्सानीमा ९१ रन बनाएको थियो। 

रुपन्देहीका प्रकाश केसीले ४९ रन बनाएका छन्। उनले आरिफ शेखको अन्तिम ओभरमा २५ रन बनाएका थिए। धनगढीका ललित राजबंशीले ४ विेकट लिएका थिए। कसिलो बलिङ गरेको धनगढीकालागि आरिफ शेखको अन्तिम ओभर महंगो भएको थियो।

खेलका प्लेयर अफ दि म्याच ललित राजवंशी घोषित भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ