arrow

जनसम्पर्क समिति जापानको नयाँवर्षको शुभकामना कार्यक्रम

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
nepal_japan_janasamparka_samiti.jpg

टोकियो। नेपाल जनसम्पर्क समिति जापानको आयोजनामा नयाँवर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । टोकियोको सोलमारी मुरा हलमा आयोजित कार्यक्रममा जापानमा क्रियाशील संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । 

 

कार्यक्रममा बोल्दै वक्ताहरुले नयाँ नेपालको कल्पना गरेका नेपालीको लागि  २०७४ साँच्चै नै नयाँ नेपाल बन्न सकोस भन्ने शुभकामना दिएका थिए । कार्यक्रममा व्यवसायी तथा जनसम्पर्क समितिका पुर्व सभापति तथा नेपाली काँग्रेसको महासमिति सदस्य महेश श्रेष्ठ, एमाले निकट ओएनएफका कार्यबहक सभपति बाबुराम भण्डारी,जनप्रगतिशील मञ्च जापानका सचिव जनक सुबेदी, अन्तराष्ट्रिय नेपाली समाजका अध्यक्ष पदम ठगुन्ना जापानका लागी नेपाली पर्यटन राजदूत अनुज थापा लगायतले मन्तव्य राखेका थिए । 

 

कार्यक्रममा सामाजिक संघसस्थाका प्रतिनिधिको पनि उपस्थिती रहेको थियो । कार्यक्रम जनसम्पर्क समिति जापानका कार्यबाहक सभापति पुष्करजंग थापाको अध्यक्षता उप-सभापति नवराज थापाको स्वागत मन्त्व्या तथा महामन्त्री रामजंग कार्कीको सचालनमा सम्पन्न भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ