arrow

समाचार लेखेकै भरमा सिडिओले दिए पत्रकारलाई मानसिक तनाव

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
purshotam-ghimire.jpg.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालयले जिल्ला प्रशासन कार्यालय पाँचथरमा छापा मारेको भन्ने समाचारलाई लिएर प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले पत्रकारलाई घुमाउरो भाषामा पत्रकारलाई धम्की दिएका छन् ।

उनले बुधबार एकाविहानै मोवाइलमा फोन गरी इगल एफएमका स्टेशन म्यानेजर तथा इमेज च्यानल,राससका संवाददाता जितेन्द्र भण्डारीलाई तत्काल कार्यालयमा उपस्थित भई आफूसित सम्पर्क राख्न भने । त्यसपछि उनले पत्रकाहरुले नियतवंश काम गरेको भन्दै नियत ब्यवस्थापन गर्नुपर्ने भन्दै घुमाउरो शैलीमा पत्रकारलाई मानिसिक तनाव दिएका छन् ।

यस्तै उनले दश हजार रुपैया लिएर कार्यालयमा दाखिला गरेको पुष्टि गर्न सकिन्छ भन्दै प्रतिप्रश्न गरेका थिए,ताकि गत पौष ७ गते पाँचथर रानीटारका अजिंत दर्जीले १० हजार रकम वुझाएपनि कार्यालयका राहदानी फाँटका कर्मचारी सुरेन्द्र दाहालले भने ५ हजार रुपैया मात्रै वुझाएको र पौष ९ गते सूचना माग्दा सहायक प्रजिअ केशव प्रसाद रिजालले प्रमाणित गरेका थिए ।

एक हप्ता अघि पाँचथर दर्जीले राहदानी सिफारिसका लागि १० हजार रुपैया रकम लिएर कार्यालयलाई कर्मचारी दाहालले ५ हजार रुपैया मात्रै वुझाएको भन्ने समाचार प्रकाशन तथा प्रशारण भएपछि अख्तियारको छापा भन्ने समाचार मंगलबार प्रशारण भएको थियो ।  अख्तियार कार्यालय अधिकृत विष्णु थेगुवा र इन्जिनियर राकेश रोशनको टोली आई छानविन गरेका थियो ।

यस्तै मेची पोष्टका प्रवन्धक लेखनाथ खतिवडालाई पनि आफूहरुले पत्रकार माथि निगरानी राखिराखेको वताउँदै घुमाउरो शैलीमा धम्क्याएका छन् । उनले खतिवडालाई बुझेर मात्रै समाचार सम्प्रेषण गर्न सुझाए । यसैविच उक्त विषयलाई लिएर नेपाल पत्रकार महासंघ शाखा कार्यालय पाँचथरले भने आफनो गम्भिर ध्यानकर्षण भएको जनाएको छ । महासंघका जिल्ला अध्यक्ष लवदेव ढुंगानाले समाचारको विषयमा चित्तनबुझे प्रक्रियागत ढंगबाट समस्याको समाधान खोज्नुपर्ने भएतापनि पत्रकारलाई फोन गरेर तनाव दिने प्रजिअ घिमिरेको नियत ठिक नभएको बताए ।

उनले समाचार लेखेकै भरमा पत्रकारलाई धम्क्याउन,गाली गलौज वन्द गर्न छोडेर प्रक्रियागत ढंगबाट समस्याको हल खोज्न प्रजिअ घिमिरेलाई आग्रह गरे । प्रेस स्वतन्त्रता माथिकै खिल्ली उडाउँदै प्रजिअले गरेको यो हर्कतबाट पत्रकारहरु अहिले पनि स्वतन्त्र ढंगबाट काम गर्ने वातावरण नभएको प्रस्ट देखिने उनले उल्लेख गरे ।

यस्तै जिल्लाका अन्य स्थानियले भने दर्जी त एक उदाहरण मात्रै भएको भन्दै यसअघिका अन्य राहदानीमा पनि मनपरी रुपमा रकम असुलेको हुन सक्ने भन्दै निष्पक्ष छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग सित माग गरेका छन् । फिदिम १ का डेकेन्द्र तामाङले भने यसअघि पनि सेवाग्राहीले राहादानी सिफारिस गर्दा वढि रकम असुली गरेको हुन सक्ने भन्दै छानविन गर्न माग गरे ।

उनले यहाँ एक जना कर्मचारीको मात्रै दोष नभएर कार्यालयका जिम्मेवार तहका कर्मचारी सहितको मिलेमतोमा राहदानी सिफारिसमा वढि रकम लिने गरेको वताए । यस्तै अर्को स्थानिय सुमन लामाले प्रजिअ घिमिरेको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै गल्ती गरिरहेका कर्मचारी दाहाललाई संरक्षण गर्ने हिसावमा लागेको वताए । घटनाको पूर्ण जिम्मेवारी प्रजिअ घिमिरेले लिएर अख्तियारले गरेको छानविनमा सहयोग पुरयाउन आग्रह गरे । यस्तै अख्तियारले समेत निष्पक्ष रुपमा छानविन गर्नेमा नागरिकले शंका ब्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ