arrow

कान्तिपुर सिटी कलेजका बिद्यार्थीले निकाले म्यानेजमेन्ट म्यागेजिन

“निरन्तर प्रकाशनले ज्ञान र विश्वविद्यालयको गरिमा बढाउँछू”: उपकुलपति

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
kcc--mazine1.png

काठमाडौं ।  कान्तिपुर सिटी कलेजको बीबीए २०१२ ब्याचका विद्यार्थीहरूले प्रकाशन गरेको म्यानेजमेन्ट स्कलर म्यागेजिनको पाँचौँ अङ्क बिहीबार एक कार्यक्रमबीच पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. घनश्यामलाल दासले विमोचन गरेका छन् । 

विमोचन कार्यक्रमलार्इ सम्बोधन गर्दै उपकुलपति दासले यस किसिमका प्रकाशनले विद्यार्थीको ज्ञान अभिवृद्धि हुने र भावी जीवनमा उपयोगी सीप विकास र विश्वविद्यालयको समेत गरिमा बढाउने बताए । 

त्यसैगरी, कार्यक्रमका सभापति तथा संस्थापक अध्यक्ष हेमन्त शमशेर राणाले आफू यस कार्यबाट निकै उत्साहित भएको र यस प्रकाशनबाट आर्जित ज्ञान र सीप विद्यार्थीहरूलार्इ जीवनभर काम लाग्ने बताए । सो म्यागेजिनमा व्यवस्थापन विषयका विद्यार्थीहरूलार्इ उपयोगी हुने खालका विविध क्षेत्र र दृष्टिकोणका ३० वटा लेखहरू सम्मिलित छन् । त्यसैगरी, म्यागेजिनमा विविध सामाजिक कार्य गर्दै आएका चर्चित कलाकारद्वय धुर्मुस,सुन्तलीको र युवा उद्यमी अनिल पराजुलीको अन्तर्वार्ता पनि सङ्कलित छ । 

कार्यक्रममा म्यागेजिनबारे बोल्दै प्रा. रामकृष्ण रेग्मीले यसले विद्यार्थी प्रकाशनमा केही भए पनि विशेष महत्त्व राख्ने बताए । कलेजका प्रबन्ध निर्देशक प्रल्हाद कार्कीले यसबाट विद्यार्थीहरूको सीप विकासमा मद्दत पुग्ने बताए । त्यसैगरी, कलेजका निमित्त प्रधानाध्यापक राजु कट्टेलले यस प्रकाशनको अभ्यास आफ्नो व्यावसायिक जीवनमा पनि काम लाग्ने उदाहरण देखेको बताए । साथै उनले आगामि संस्करणबाट म्यागजिनको डिजिटल सेवा सुरु गर्ने बताए ।   

उक्त म्यागेजिनमा सम्पादक विनिशा शर्मा, अजय तम्ला, पप्पु कुमार जैशवाल, संयोजकमा विमल घिमिरे र विनिता खत्री, कोषाध्यक्षमा सन्दीप बस्नेत, बजार व्यवस्थापनमा अजय तम्ला, एलिशा पोखरेल, अस्मिता तिमल्सिना, चन्द्रकला रिजाल, सेलिचा के.सी., उरुशा बुढा मगर र सदस्यमा दीपेन्द्र कुमार यादव, रूपलाल बुढाथोकी र सञ्जु के.सी. छन् । म्यागेजिनको सल्लाहकार समितिमा दिनेश बस्नेत, राजु कट्टेल, शालिग्राम अर्याल, पुजा पोखरेल तथा फोटोग्राफर सुसन श्रेष्ठ छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ