arrow

डीपीएल क्रिकेट : क्वालिफायर्स र ईलिमिनेटरका खेलहरु रोमाञ्चक मोडमा, उपाधि दौड खुल्ला

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
DPL_Antim_Thapa_cricket.jpg

धनगढी। रुपन्देही च्यालेन्जर्स र विरानगर किंग्सले धनगढी प्रिमियर लिग डीपीएल टि–२० क्रिकेट प्रतियोगिताको दोस्रो चरणको पहिलो खेल खेल्ने छन्। पहिलो क्वालिफायर्सका रुपमा खेलिने खेलमा विजयी टोली फाईनलमा फुग्ने छ, भने पराजित टोलीले काठमाडौं  गोल्डेन्स र धनगढी टिम चौराहा बीचको ईलिमिनेटर्समा विजयी टोलीसँग दोस्रो क्वालिफायर्स खेल्ने छ। दोस्रो क्वालिफायर्सको विजयी टोलीले पहिलो खेलको विजयी टोलीसँग फाईनल खेल्ने छ।

प्रतियोगितामा रहेका कुनै पनि टोलीले सतप्रतिशत विजयी नतिजा हासिल नगरेको स्थितिमा उपाधिको दौड खुल्ला रहेको विराटनगरका शरद भेषावकरले बताए । सबै टोलीको उत्तिकै संभावना रहेको छ, उनले भने।

प्रतियोगिताको पहिलो चरण अन्तिम खेलसमम खुल्ला रहेको थियो। अन्तिम खेलमा धनगढीले उत्कृष्ठ फर्ममा रहेको रुपन्देहीलाई पराजित गर्दै दोस्रो चरणमा आफ्नो स्थान पक्का गरेको थियो।

पहिलो चरणको ५ खेलमा ४ केल जितेर ८ अंककासाथ रुपन्देही पहिलो स्थानमा छ । त्सयैगरी विराटनगर ५ खेल मध्ये ३ जित निकाल्दै दोस्रो स्थानमा रहेको छ भने काठमाडौं तेस्रो र धनगढी चौथो स्थानमा छ ।

६ टोली सम्मिलित प्रतियोगितामा कन्चनपुर आईकोनिक र सिवाईसी अत्तरिया प्रतियोगिताबाट बाहिरिएका छन्। समूह चरणको अन्तिम खेलमा पारस खड्काको टोली धनगढीले रुपन्देहीलाई पराजित गर्दै नेट रनरेटका आधारमा चौथो स्थान हासिल गरेको थियो।

प्रतियोगितामा काठमाडौँले विराटनगरविरुद्ध उच्च स्कोर बनाएको थियो। काठमाडौंले १७३ रन बनाएको थियो। रुपन्देहीका प्रकाश केसी प्रतियोगितामा उच्च रन बनाउने खेलाडी रहेका छन्।

उनले ५ पारीमा ४१.०० को औसतमा १२३ रन बनाएका छन्। दोस्रो स्थानमा कन्चनपुरका सागर पुन रहेका छन्। उनले १२२ रन बनाएका छन्। तेस्रो स्थानमा विराटनगरका शरद भेषावकर रहेका छन्। उनले ४ पारीमा १२१ रन बनाएका छन्।

रुपन्देहीका शहाव आलम सबै भन्दा बढी विकेट लिने खेलाडी रहेका छन्। उनले ५ पारीमा १४ विकेट लिएका छन्। व्यक्तिगत उच्च स्कोरको रेकर्ड धनगढीका आरिफ शेखको नाममा रहेको छ। काठमाडौं गोल्डेन्सका विरुद्ध उनले ५८ रन बनाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ