arrow

कोशी अञ्चल अस्पतालमा प्रसुतीका लागि छुट्टै आइसीयु कक्ष

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
koshi_anchal_hospital.jpg

विराटनगर । विराटनगरको कोशी अञ्चल अस्पतालमा सघन प्रसुती कक्ष एमआइसीयु संचालनमा आएको छ । सांसद तारा राईको सांसद क्षेत्र विकास कोषबाट १० लाख रुपैँया र अस्पताल विकास कोषको चार लाख गरी १४ लाख रुपैँयाको लागतमा सघन कक्ष संचालमा आएको हो ।

मंगलबार एक कार्यक्रमबीच सांसद राईले सघन कक्षको उद्घाटन गरे । दुई बेड रहेको संघन कक्षमा भेन्टिलेटरसहितको व्यवस्था छ। प्रसुती पछि सिरियस विरामीलाई उपचार गरिने सघन कक्षमा प्राइभेट सरह सुविधा भएको चिकित्सक संगीता मिश्राले बताइन् ।  

अस्पतालमा सघन कक्ष अर्न्तगत यो सहित अब १४ वटा बेड भएको छ । प्रसुतीपछि हुुने उच्च जोखिमका विरामीलाई कोशी अन्चल अस्पतालबाटै सहज रुपले उपचार हुुने नर्सिङ प्रमुख सन्जु यादवले बताए । पूर्वाञ्चलको सबै भन्दा ठूलो अस्पतालमा प्रसुतीका लागि १ सय ६ वटा बेड संचालनमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ